Advertisement
SKIP THIS

अमेरिका र रुसको सैन्यशक्तिलाई चुनौती दिने चीनका तीन आधुनिक अस्त्र


“बहुआयामिकरुपमा प्रविधि प्राप्त गर्ने नीतिको नतिजास्वरुप चिनियाँ सेनासँग विश्वको सबैभन्दा आधुनिक हतियारहरू हुने अवस्था छ। केही क्षेत्रमा त यो विश्वमा अग्रणी बनिसकेको छ।” यहाँ चीनसँग भएका सबैभन्दा आधुनिक हतियारहरू र समकालिन अस्त्र प्रतिस्पर्धामा तिनको महत्व दर्शाउने प्रयास गरिएको छ।

. सबैभन्दा शक्तिशाली समुन्द्रीअस्त्र

साउथ चाइना सि मा चीनको नौसैनिक अभ्यास

सन् २०१८ को डिसेम्बरमा सामाजिक सञ्जालमा आएका तस्बिरहरूले चीनले आवाजकोभन्दा छिटो गतिमा प्रहार गर्न सक्ने अस्त्र बोक्ने जहाज बनाउने प्रतिस्पर्धा जितिसकेको हुनसक्ने देखाएका छन् । जहाजमा जडान गरिएको यो अस्त्रले विद्युत चुम्बकीय शक्ति प्रयोग गरेर प्रति सेकेण्ड २ दशमलव ५ किलोमिटरको गतिमा २०० किलोमिटर परको लक्ष्यमा प्रहार गर्न सक्छ । सीएनबीसीमा जूनमा प्रसारित समाचारका अनुसार यो अस्त्र २०२५ सम्ममा तैयार हुनसक्ने छ । अमेरिकाले जमिनबाट प्रहार गर्नसकिने यस्तै अस्त्रमा काम गरिरहेको छ भने रुस र इरानपनि यसमा इच्छुक देखिएका छन् । सामाजिक सञ्जालमा आएका तर बीबीसीले स्वतन्त्ररुपमा पुष्टि गर्न नसकेको तस्बिरहरूले भने चीनले त्यस्तो हतियार समुन्द्रमा परिक्षण गरेको देखिन्छ ।

. आवाजभन्दा तेज अस्त्र

रुसी हतियार 
 चीन पनि अमेरिका र रुसले जस्तै आवाजभन्दा तेज हतियार विकास गरिरहेको छ

सन् २०१८ को अगस्टमा चीनले ‘संसारको कुनै पनि मिसाइल प्रणालीलाई भेद गर्नसक्ने आवाजभन्दा तेज गतिको विमान परिक्षण गरेको साउथ चाइना मर्निङ पोस्टले लेखेको थियो । यो विमान आकाशमा उडेर आफैले उत्पादन गरेको तरङ्गबाट तेज गतिमा अगाडि बढ्छ । परिक्षणका क्रममा सिङकङ २ नाम दिइएको सो हवाईजहाज ३० किलोमिटरमाथि ७,३४४ किलोमिटर प्रतिघन्टाको गतिमा उडेको थियो । तर यो चीनको पहिलो आवाजभन्दा तेज विमान भने होइन, उसले सन् २०१४ देखि नै यस्ता विमान परिक्षण गरेको थियो तर तरङ्गमा आधारित भने यो चीनको पहिलो विमान हो ।

रुस र अमेरिकाले पनि यस्ता अस्त्र विकास गर्न खोजिरहेका छन् । यस्तो अस्त्र तैयार हुन अझै कम्तीमा तीनदेखि पाँच वर्ष लाग्ने विज्ञहरू बताउँछन् । सन् २०१७ मा चीनले आवाजभन्दा तेज गतिको मिसाइल डीएफ १७ घोषणा गरेको थियो जसको प्रक्षेपण क्षमता १,८०० देखि २,००० किलोमिटर रहेको छ ।

. चिनियाँ सबैभन्दा ठूलो बम

मदर अफ अल बम 
 अमेरिकाले मदर अफ अल बम नाम दिएको ठूलो बमजस्तै बम चीनसँग पनि छ

गएको महिना चीनले आकाशबाट खसाल्न मिल्ने विशाल बम प्रदर्शन गर्‍यो। अमेरिकाले ‘मदर अफ अल बम’ जस्तै विशाल बम भएको बताइएको छ । यसबारेमा धेरै जानकारी दिइएको छैन । चीनले यसलाई सबैभन्दा शक्तिशाली गैरपारमाणविक अस्त्र भनेर दाबी गरेको छ। अमेरिकाकोभन्दा सानो देखिए पनि यो विशाल रहेको र बमवर्षक विमानले एक पटकमा एउटा मात्रै बोक्न सक्ने बताइएको छ । रुससँग पनि ‘फादर अफ अल बम’ नाम दिइएको विशाल बम छ जुन अमेरिकाको भन्दा ठूलो छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...