Advertisement
SKIP THIS

एसियामा वायु प्रदुषण उच्च बिन्दुमा, थाइल्यान्डमा कृत्रिम वर्षा गराइँदै


एसियाका विभिन्न क्षेत्रहरु अहिले अत्याधिक प्रदुषणका कारण धुलो धुँवाको तुँवालोले ढाकिएका छन् । विशेषगरी थाइल्यान्ड, चीन, दक्षिण कोरिया, भारत र हङकङको हावालाई मौसम विद्हरुले अत्यन्तै खतरनाक बताइरहेका छन् । औद्योगिक प्रदुषण, कोइला लगायतका उत्सर्जनहरुले हरेक वर्ष यस प्रकारका वातावरणीय समस्य निम्त्याउने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा १० मध्ये नौजनाले अस्वस्थ हावामा सास फेरिरहेका छन् जसमा एसिया र अफ्रिकालाई सबैभन्दा बढी प्रभावित क्षेत्र ठहर गरिएको छ ।

यस्तोमा थाइल्यान्डको राजधानी बैंककमा मंगलबार विशेष प्रकारका विमानमा बादल बनाउने र पानी पार्ने क्षमतायुक्त उपकरण जडान गरि क्रितिम वर्षा गराइने बताइएको छ । यस्तो प्रक्रियालाई ‘क्लाउड सिडिङ’ पनि भन्ने गरिएको छ जस अन्र्तगत बादलहरुमा सानो मात्रामा ‘सिल्भर आयोडाइड’ जस्ता रसायन इन्जेक्ट गरि क्रितिम वर्षा गराइन्छ । भयानक मौसमी प्रदुषणको सामना गरिरहेका चीन जस्ता देशहरुले पछिल्लो समय यही तरिका अपनाइरहेको पाइएको छ । जाडो याम सुरु भएदेखि नै बैंककको आकाश धमिलिएको थियो भने एयर क्वालीटी इन्डेक्स, एक्युआइ १५०–२०० को रेन्जमा रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार एक्युआइ २५ भन्दा कम भएमा मात्र सास फेर्नका लागि योग्य मानिन्छ । यस्तोमा शहरको बाक्लो प्रदुषणलाई केही कम गराउने उद्देश्यले यस्तो निर्णय गरिएको हो ।

८० लाख जनसङ्ख्या भएको बैंकक शहरमा केही समय यता सुक्ष्म वायु प्रदुषणले गम्भीर रुप लिइरहेको पाइएको छ । यसरी हावामा अत्यन्तै सुक्ष्म धुलोका कणहरु मिसिँदा सानो भएका कारण तिनीहरु सजिलै हाम्रो फोक्सोको भित्रसम्म पुग्न सक्छन् र अरु अङ्गमा पनि संक्रमण फैलाउन सक्छन् । त्यसैले यस किसिमको खतरानक वातावरणलाई केही नियन्त्रण गर्न सोमबार भने बैंककको सिटी हल वरपरका क्षेत्रमा आगो नियन्त्रकहरुले उच्च चापमा पानीका फोर्रा आकाशतर्फ फालेका थिए ।

त्यसैगरी दक्षिण कोरियामा पनि पछिल्लो पाँच दिन यस्तै भयानक प्रदुषण देखा परिरहेको छ । त्यहाँको एक्युआइ पनि १५०–२२५ को रेन्जमा रहेको संचार माध्यम सिएनएनले जनाएको छ । यसैकारण सरकारले १० शहरमा आपत्कालीन उपाय अपनाइरहेको छ, जस्तै सडकमा सिमित सवारी सङ्ख्या लागू गराइएको छ भने कलकारखानाहरुको उत्सर्जन कम गर्न निर्देशन दिइएको छ । यता राजधानी सिओलका मानिसहरु भने मास्क लगाएर मात्र हिँड्ने गरेका छन् र आवश्यकता नभए बाहिर ननिस्कन सुझाव दिइएको छ । बाक्लो हावाका कारण बाहिर हिँड्दा सर्वसाधारणहरुको घाँटी दुख्ने गरेको बताइएको छ ।

त्यस्तै उता उत्तरी चीनलाई पनि ‘अरेनज अलर्ट’ मा राखिएको छ । मंगलबार मात्र सांघाइको एक्वुआइ १८३ पुगेको थियो । पछिल्ला केही वर्षहरुमा चीनले प्रदुषण नियन्त्रण गर्न विभिन्न आधुनिक तरिका अपनाइरहेको छ । कोइला बाल्नमाथि प्रतिबन्ध लगाउँदै चीनले २०१७ मा तीस लाख घरहरुमा प्राकृतिक ग्यास राख्न निर्देशन दिएको थियो । त्यस्तै विश्वको सबैभन्दा दूषित शहरमा पर्ने भारतको नयाँ दिल्लीको अवस्था पनि उत्तिकै भयानक रहेको छ । मंगलबार सो क्षेत्रको एक्युआइ ३०० भन्दा बढी रहेको पाइएको थियो । यस्तोमा गत हप्ता मात्र भारतीय सरकारले राष्ट्रिय स्वच्छ हावा अभियानको पाँच वर्षे योजना लन्च गरेको हो । यस अन्र्तगत २०२४ सम्ममा प्रदुषण स्तर तीस प्रतिसतले घटाउने प्रयास गरिने बताइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • फेब्रुअरी १७ तारिख थारु समुदायले गायिका अञ्जु कुश्मीको साथमा माघि पर्व मनाउने
  • नेपालको पर्यटन प्रवर्द्धनको भिडियो कोरियाको KTX ट्रेनमा प्रसारण , चौतर्फी प्रशंसा कमाउँदै
  • फोनिज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न, उत्तम खजुमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • सलनालमा GBob र ST Man ले एउटै स्टेजमा प्रस्तुती दिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...