Advertisement
SKIP THIS

सूर्यलाई मधुरो बनाएर ग्लाेबल वार्मिङ कम गर्ने वैज्ञानिकहरुको उपाय


वैज्ञानिकहरुले अहिलेको बिग्रदो वातावरणीय अवस्थामा सुधार ल्याउन पृथ्वीको वायुमण्डल वरिपरि सूर्यको किरण मधुरो बनाउने केमिकल छर्नेबारे छलफल गरिरहेका छन् । हाभर्ड र येल युनिभर्सिटीका वैज्ञानिकहरुले गरेको सो अध्ययनमा ‘स्ट्राटोस्फेरिक आर्सेनोल इन्जेक्सन’ प्रणालीको प्रयोग गर्न सकिने उल्लेख गरिएको छ जसले अहिलेको जलवायु परिवर्तनको प्रभावलाई आधा कम गराउन सक्ने उनीहरुले दाबी गरेको संचार माध्यम सिएनएनले जनाएको छ ।

यस प्रविधि अन्र्तगत पृथ्वीको तल्लो वायुमण्डल, करिब २० किलोमिटर माथि अधिक मात्रामा सल्फेटका कर्णहरु स्प्रे गर्नुपर्ने हुन्छ । यसका लागि विशेष रुपमा डिजाइन गरिएका धेरै उचाइसम्म पुग्ने बेलुन र नौसेना शैलीका ठूला बन्दुकहरुको प्रयोग गर्न सकिने बताइएको छ । हाल यस प्रकारका यन्त्रहरु निर्माण नभइसकेको भएपनि यसका लागि उपयुक्त ट्याङ्कर र पर्याप्त भार सहने क्षमतायुक्त विमानको निर्माण प्राविधिक रुपमा कठिन नहुने र तुलनात्मक रुपमा यो प्रणाली महङ्गो पनि नहुने उनीहरुले बताएका हुन् ।

यसरी १५ वर्षको अवधिमा २.२५ अर्ब डलर प्रति वर्ष लागत सँगै यसलाई लन्च गर्न ३.५ अर्ब डलर खर्च लाग्ने अनुमान गरिएको छ । इन्जिनियरको दृष्टिकोणमा पनि आगामी १५ वर्षमा यो कार्य सम्पन्न गर्न प्राविधिक हिसाबले सम्भव देखिएको छ । तर अर्कोतर्फ यसका संभावित हानिकारक पक्षहरुलाई पनि उत्तिकै महत्वका साथ हेरिने वैज्ञानिकहरुको भनाइ छ । किनकी वास्तवमै यो तरिका सफल हुन धेरै देशहरुसँग सहकार्य गर्नुपर्ने हुन्छ भने आर्सेनल इन्जेक्सन प्रणालीले अन्न उत्पादनमा पनि ठूलो अवरोध ल्याउनेछ र खडेरी लगायत भयानक मौसम निम्त्याउन सक्छ । यस्तोमा अन्य विश्लेषकहरुले यो तरिका उपयुक्त हुनेमा शंका व्यक्त गरेका हुन् ।

त्यसैगरी वातावरण अर्थशास्त्रीहरुको नजरमा पनि सोलार विकिरण व्यवस्थापन ग्रीनहाउस ग्यास उत्सर्जनको तुलनामा सबैभन्दा अनुचित समाधान हुने बताइएको छ किनकी यो लामो अवधिका लागि खतरनाक साबित हुन सक्छ भने उत्तिकै महङ्गो पनि रहेको बताइएको हो । यता सिकागो युनिभर्सिटीको भूगर्भीय विज्ञान विभागका डेभिड आर्चरले पनि वातावरणलाई यसरी मर्मत गर्नुले अस्थायी समस्याबाट मात्र मुक्त गराउने बताएका हुन् । जसकारण जटिल समस्याहरु सधैँका लागि रहिरहने छन् किनकी वास्तवमा इन्धनबाट उत्पन्न कार्बन डाइअक्साइड प्राकृतिक रुपमा हट्न हजारौँ वर्ष लाग्ने उनले बताए । यसरी हाम्रो ऊर्जा प्रणाली बदल्न ढिला गरिरहनु उचित नभएपनि हामीले पृथ्वीलाई जीवन धान्न सक्ने अवस्थामा छाड्न सक्ने वैज्ञानिकहरुको तर्क छ । तर आगामी पिढीले वातावरणको खर्च धान्न नसकेमा भने उनीहरुले एकैपटकमा हाम्रो भागको तातो समेत खप्नुपर्नेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...