Advertisement
SKIP THIS

कोरियामा विभिन्न कार्यक्रमका साथ तीज सम्पन्न


फोनिज कोरिया सम्वाददाता
दक्षिण कोरिया, नेपाली दिदीबहिनीहरुले हरेक वर्ष मनाउदै आएको हरितालिका तीज यसपाली पनि विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । विशेषगरी हिन्दू नारीहरुहरुको महान पर्व तीज कोरियामा रहेका नेपाली दिदीबहिनीहरुले एकहप्तादेखि दर खाने कार्यक्रमको आयोजना गर्दै मनाएका हुन् । यसपालीको तीज भदौ १९ गते अर्थात सेक्टेम्बर ४ तारिख आइतबारका दिन परेकोले विदेशमा हुने नेपालीहरुले तीजकै दिन विभिन्न कार्यक्रमको आयोजना गरेका थिए ।
कोरियामा तीज मनाउने कार्यक्रम अन्तर्गत थेगु शहरमा लोकगायिका सुनिता दुलालले आफ्ना तीज गीतहरु गाएर उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरिन् । थेगुबासी नेपालीहरुको सामाजिक संस्था अन्नपूर्ण सेवा समाजले आइतबार आयोजना गरेको रमाइलो तीज कार्यक्रममा अहिलेकी चर्चित लोकगायिका दुलालसँगै स्थानीय कलाकारहरुले तीज गीत गाएर तथा नृत्य प्रस्तुत गरेर कार्यक्रममा उपस्थित दर्शकलाई समेत नचाएका थिए ।

suni1
कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथि बनेकी नेपाली साहित्य समाज दक्षिण कोरियाकी अध्यक्ष कल्पना धरती (राई) ले नेपाली नारीहरुको चाड तीजमा प्रवासमा रहेका नेपाली दिदीबहिनीहरुले आफ्नो पिडालाई भुलेर मनोरञ्जन मात्र नलिइ एकअर्कामा सदभाव बाँडदै सिर्जनसिल कार्यमा समेत सक्रिय हुनुपर्नेमा जोड दिइन् । प्रवासी भूमिमा आफ्नो परम्परा रितिरिवाज, धर्म, संस्कृति, संस्कार, भाषा र भेषभूषाको संरक्षण र सम्वद्र्धन गर्ने उदेश्यले हरेक वर्ष तीज कार्यक्रमको आयोजना गर्दै आएको अन्नपूर्ण सेवा समाजका अध्यक्ष नगेन्द्र मगर, नेपाली चेली समाज दक्षिण कोरियाकी उपाध्यक्ष खिमा घलेलगायतले तीजको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा सानु गुरुङ्, माया गुरुङ्, सवि गुरुङ्, सविना गुरुङ्, बुद्ध गुरुङ्, सपना गुरुङ्, मोहन थापा, गणेश राई, आङ्दोर्जे शेर्पालगायतका स्थानीय कलाकाहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेकी लोकगायिका सुनिता दुलालले यसपाली नि खाने दर बोलको गीतसहित चर्चित तीज गीतहरु गाएकी थिइन् ।

 

thegu
त्यसैगरी राजधानी सोलको दोङदेमूनस्थित नेपाल हाउसमा वुमन फर वुमनले सउलमा सम्पूर्ण प्रवासी महिला एक होऔं भन्ने नाराका साथ हरितालिका तीज कार्यक्रमको आयोजना गरेको थियो । नेपाली चेलीको सौभाग्यको प्रतिक मानिएको चुरा पोते रोतो साडीमा सजिएर उपस्थित भएका नेपाली दिदीबहिनीहरुले एकअर्कामा शुभकामना आदानप्रदान गर्दै दर खादै तीज गीतमा नाचगान गरेर मनाए । त्यस्तै गुल्मी सम्पर्क समिति कोरियाले नेपाली चेली जमघट र एक दिन भएपनि परदेशी भुमिमा मनोरञ्जन प्राप्त गरुन् भन्ने उद्धेश्यले राजधानी सोल देखि एक सय किलोमिटर टाढाको शहर सुवनमा दर खाने तथा तीज कार्यक्रमको चाजोपाजो मिलाएको थियो ।

यसको अलवा जेजु नेपाल कम्युनिटिले पनि तीज विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेर जेजुबासी नेपाली दिदीबहिनीहरुलाई भेला गराइ मनोरञ्जन प्रदान गरेको थियो । त्यसैगरी एनआरएन बुसानले पनि आइतबार तीज विशेष कार्यक्रमको आयोजना गरेको थियो । धार्मिक र सास्कृतिक महत्व बोकेको यस चाड मनाउने क्रमलाई निरन्तरता दिदै नेपाली दिदी बहिनीहरुलाइ भरपुर मनोरन्जन दिने उदेश्यले आयोजना गरिएको हो । तीजमा भगवान शिवको आराधना गरिनुका साथै गीत र नाचगान गरेर मनोरञ्जन लिने गरिने भएपनि कोरियामा कार्यरत नेपाली महिलाले नाचगान गरेर मात्र तीज मनाउने गरेका छन् ।

wonem

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...