Advertisement
SKIP THIS

पूर्व राज्यमन्त्री तथा जनजाति अभियन्ता लिम्बुको दुर्घटनामा निधन


 

फोनिज कोरिया संवादाता
काठमाण्डौ

पूर्व अर्थ राज्य मन्त्री तथा आदिवासी जनजाति नेता हरिराज खेवा लिम्बुको जुलाई २८ तारिख बस दुर्घटनामा परी निधन भएको छ । उनको धनकुटा जिल्लाबाट धरान तर्फ आउदै गरेको बस धनकुटाको सिदुवा बजार नजिकै दुर्घटना हुदाँ निधन भएको हो । उनी संगै बस चालक सहित १४ जनाको मृत्यु भएको छ भने ५० जना जति घाइते भएका छन्

लिम्बू धर्म, भाषा, साहित्य र संस्कृतीका ज्ञाता मानिने लिम्बुको निधनले आदिवासी जनजाति क्षेत्रमा निकै क्षति पुगेको भन्दै यस समुदायले दुख व्यक्त गरेका छन् । साथै धनकुटा समाज कोरिया शाखाले पनि शोक व्यक्त गरेका छन् ।

धनकुटा हात्तिखर्क ६ मा जन्मीएका लिम्बु २०४२ सालदेखि दिद्यालयको अनेरास्ववियुको प्रारम्भिक कमिटीको सदस्य भएर राजनीति शुरु गरेका थिए । ४८ वर्षको उमेर निधन भएका लिम्बु २०४७ देखि २०५४ सालसम्म शिक्षक रहेका थिए । त्यसपछि उनी गाविस अध्यक्ष बनेका थिए ।

धनकुटा क्षेत्र न. २ बाट पहिलो संविधानसभाको निर्वाचनमा माओवादी पार्टीबाट १२ हजार २ सय ९९ मत प्राप्त गरी विजयी भएका थिए । । २०६८ सालमा डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारमा उनी पूर्व अर्थ राज्यमन्त्री बनेका थिए । धनकुटा माओवादी जिल्ला इन्चार्ज र संयोजक समाल्दै आएका मृतक लिम्बु लिम्बु पार्टी एकता भेलाको तयारीको लागि गाउँ गएका थिए । उनका श्रीमति तथा ७ र ११ वर्षका छोरीहरु छन् ।

गुडिरहेको बसको अचानक ब्रेक फेल भएपछि ३ सय मिटर जति गुडेर बस बाटोबाट दुई सय मिटर तल खसेको थियो । बसको छाना नै उडेका थिए । घाइतेहरुलाई नजिकैको अस्पताल पुराएका थिए भने कसैको अस्पताल पुग्न साथ निधन भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...