फेब्रुअरी ११ मा “सलनाल धमाका २०२४”, साथै मौलिक लोकगायन प्रतियोगिताको ग्रान्ड फिनाले
लोकदोहोरी प्रतिस्ठान दक्षिण कोरियाले सलनालको अवसरमा फेब्रुअरी ११ तारिखका दिन “सलनाल धमाका २०२४” आयोजना गर्ने भएको छ । साथै गत महिना देखी चलिरहेको मौलिक लोकगायन प्रतियोगिताको अन्तिमा प्रतियोगिता पनि सोही दिन हुने जनाएको छ ।
서을로 톡별시 종로구 낙원동 286 -6 낙원 상가 चौथो तल्लाको हलमा दिउँसो 12 बजेबाट सुरु हुने छ ।
प्रवासमा रहेर नेपाली लोक संगितको संरक्षणको लागि लगिरहेको लोकदोहोरी प्रतिस्ठान दक्षिण कोरिया शाखाले आगामी सलनालमा आयोजना गर्न लागेको बृहत् साँस्कृतिक कार्यक्रमको समुर्ण तयारी पुरा भएको सस्थाका प्रवक्ता भगवान छन्त्यालले बताएका हुन् ।
कार्यक्रममा ख्यातिप्राप्त गायक पशुपति शर्मा र गायिका सर्मिला गुरुङ लगायत सुर्य खड्का, युवाराज छन्त्याल, करिस्मा मगर, श्रीधर अधिकारी को प्रस्तुती रहने छ ।
साथमा प्रतिस्ठानले अघिल्लो महिना लिएको लोकगायन प्रतियोगिताको अडिसनबाट छानिएका प्रतियोगिताको ग्राण्ड फिनाले पनि हुनेछ । निर्णायकहरुमा पशुपति शर्मा, सर्मिला गुरुङ र प्रतिस्ठानका बाध्यवादन संयोजक तथा संस्थाका उपाध्यक्ष मिलन थापा रहने आयोजक पक्षले जानकारी दिएको छ ।
मिस नेपाल इन्टर्नेश्नल २०२३ विजेता तथा शास्त्रीय नृत्यांगना सीता सुवेदीको क्लासिकल नृत्य पनि कार्यक्रममा हेर्न पाउने छ ।