कोरियामा नदीमा गुड्ने बस संचालनमा
फोनिज कोरिया संवाददाता सोल दक्षिण कोरियामा सडकदेखी नदीसम्म गुड्ने बस संचालनामा आएको छ । आक्वा कोरिया ट्राभर कम्पनीले संचालनमा ल्याएको सो बस सडकमा प्रति घण्टा १ सय ४० किलोमिटर र नदीमा १८ दशमल ५ किलोमिटरको गतीमा गुडन सक्ने कम्पनीले दावी गरेको छ । सो बसमा सडकमा गुड्ने एउटा र पानीमा गुड्ने २ वटा इन्जिन राखिएको छ । इन्छनमा बुधबारदेखि परिक्षणमा ल्याएको सो बसलाई मे १५ तारिखदेखि संचालनमा ल्याइने जनाएको छ । यस्ता बस हाल ५ वटा बनाइएको मा एउटा बसको निमार्ण खर्च १० विलियन वन रहेको कम्पनीले जनाएको छ ।फुर्सदमा