संजय गुरुङ्ग
कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
संजय गुरुङ्ग दक्षिण कोरियामा बसोबास गर्ने नेपाली समुदायभित्र आत्महत्याको घटना बढ्दोक्रममा छ । , कोरियाका विभिन्न विदेशी सहायता केन्द्रहरूले आत्महत्या रोकथामका लागि निरन्तर र गम्भीर प्रयास गरिरहेका छन्। तर नेपाली समुदाय स्वयंले यस गम्भीर सामाजिक समस्याको समाधानका लागि सामूहिक र संस्थागत रूपमा के गर्ने भन्ने विषयमा अझै स्पष्ट योजना र रणनीति बनाउन नसकेको अवस्था देखिएको छ। नेपाली समुदायका संघ–संस्थाहरू पनि केही सीमित समूहभित्र मात्र केन्द्रित रहेको अनुभूति हुन्छ। आत्महत्या रोकथामजस्तो संवेदनशील र जटिल विषयमा आवश्यक सरोकारवाला निकायसँग सहकार्य गर्नुपर्ने भए पनि, त्यससम्बन्धी जानकारी, पहुँच र नेटवर्कको अभाव रहेको देखिन्छ। यसफुर्सदमा