Thursday, October 9th, 2025
नवौं रेसुङ्गा भलिबल कप २०२५ उपाधी गुल्मीको पोल्टामा, उपविजेता सुदुरपश्चिम समाज
कोरिया स्थित गुल्मी सम्पर्क समितिको आयोजनामा सम्पन्न नवौं रेसुङ्गा भलिबल कप २०२५ मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधी गुल्मी सम्पर्क समितिले चुमेको छ । सुवन सहरको आजु युनिभर्सिटीको खेलमैदानमा अक्टोबर ५ सम्पन्न भएको उक्त प्रतियोगिताको फाईनलमा सुदुरपश्चिम समाजलाई फाईनलमा हराउँदै गुल्मीले नगद २५ लाख, ५५ हजार ५ सय ५५ कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दै विजेता बनेको हो । सो प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल सुदुरपश्चिम समाजले १५ लाख, ५५ हजार ५ सय ५५ कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र र दुई फाईनलिष्टफुर्सदमा