गाेकुल थाेकर
विश्व आदिवासी दिवस अगष्ट १४ मा मनाइने

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले विश्व आदिवासी दिवस १४ अगस्ट आईतबार मनाउने भएको छ । महासंघले कोरियामा रहेका विभिन्न जातीय झाँकी सहित कार्यक्रम आयोजना गर्न लागेको हो । ‘यो कोरियामा रहेका सबै नेपालीको कार्यक्रम हो । यो हाम्रो पहिचान र भाषा धर्म र संस्कार बचाउने एउटा अभियान पनि हो ।’ महासंघका महासचिव प्रितम लिम्बूले भने । ‘कोरिनाका कारण अघिल्लो वर्ष विश्व आदिवासी दिवस हुन सकेको थिएन । यस पटक हाम्रो जातीय सांस्कृतिक झाँकी सहित कार्यक्रम हुने छ ।’ “पहिचान, पहुँच, प्रधिनिधीत्व र समावेशीकरणको लागि आदिवासी जनजाति आन्दलन, जाती, भाषा,फुर्सदमा
नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको अघिवेशन सम्पन्न अध्यक्षमा किसन गौतम निर्वाचित

नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको सातौं अधिवेशन आइतवार सौलमा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा कृष्णप्रसाद गौतम (किसन) निर्वाचित भएका छन् । कार्यसमितिका अन्य पदहरुमा वरिष्ठ उपाध्यक्ष सन्तोष खड्का, उपाध्यक्षमा विक्रम बज्यू र केशव पोख्रेल चुनिएका छन् । त्यस्तै महासचिवमा बासुदेब भट्ट, सचिव पदमा कोकील पौडेल र कमला केसी रहेका छन् । नयाँ कार्यसमितिको कोषाध्यक्षमा प्रमिला बुढाथोकी निर्वाचित भएकी छिन् भने सदस्यहरुमा राजकुमार तामाङ, सन्दिप गिरी र विशाल श्रेष्ठ रहेका छन् । निर्वाचन प्रक्रिया मार्फत विजय भएका गौतमले १६ मत प्राप्त गरेका थिए भने अर्का अध्यक्ष पदका प्रत्यासी सविना कार्कीलेफुर्सदमा
अमिरिकी जेहादले कहिल्यै समस्याको समाधान गर्नै छैन

क्रिस्टियन प्यारेन्टी वरिष्ठ अमेरिकी पत्रकार हुन् । उनको यो चर्चित लेख ‘सोसियल जस्टिस’ जर्नलमा सन् २००१ मा प्रकाशित भएको थियो । उनी लेखमा २० वर्षअघि विस्थापित तालिबान र हाल पुनस्र्थापित तालिबान दुवै अमेरिकी जिहादकै परिणाम हुन् भन्छन् । दिनेश पन्तले अनुवाद गरेको लेखको सम्पादित अंश यहाँ प्रकाशित गरेका छौँ : यो लेख लेखिरहँदा न्युयोर्क भित्रभित्रै बलिरहेको छ, मध्यपूर्वी आप्रवासी शरणार्थीहरूको ताँती लाग्न थालिसकेको छ भने अफगानिस्तानमा ट्याक्टिकल न्युक विस्फोटकहरूपछिकै घातक डेजी कटर्सको अन्धाधुन्ध बमबारी भइरहेको छ । अमेरिकाको नयाँ आतंकवादविरुद्धको युद्धलाई बुझ्न हामीले त्यही अमेरिकीले पालनपोषणबाट विश्वकै पहिलो नम्बरको शत्रु बनेको इस्लामिक उग्रवादी सञ्जालबारेफुर्सदमा
‘यादको सन्दुक’ सउलमा विमोचन

दिपा मेवाहाङ राईको कविता संग्रह ‘यादको सन्दुक’ दक्षिण कोरियामा विमोचन गरेको छ । आइतबार सउलमा इतर अभियानले आयोजित कार्यक्रममा विमोचन गरेको हो । नेपालमा २ हप्ताअघि विमोचन गरिएको कृति हङकङ साहित्यिक साँझ श्रृंखलामा पनि गतहप्ता विमोचन गरिएको थियो । यसअघि राष्ट्रिय दैनिक र अनलाइनमा कविता, कथा, गीत लेख्दै आइरहेको कवि दिपाले पहिलो साहित्यिक कोसेली ‘यादको सन्दुक’ ल्याएकी छिन् । विमोचनको दोस्रो भागमा कृति माथिको संवार्तामा मुख्य वक्ता पराजित पोमु, वक्ताहरुमा सेसेफुङ सेर्मा, सकुन आँशु र जीवन खत्री थियो । मुख्य वक्ता पराजित पोमुले कृतिमा जीबन, आर्दश, प्रेमहरु रहेको बताए ।फुर्सदमा
सन् २०२३ मा न्युनतम तलब २० लाख वन हुने

दक्षिण कोरियाले सन् २०२३ का लागि कामदारकोे ज्याला वृद्धि गर्ने भएको छ । बुधबार अबेरसम्म बसेको ज्याला निर्धारण समितिले अहिलेको ज्यालामा ५ प्रतिशत बढाएर प्रतिघण्टा ९ हजार ६ सय २० वन बनाएको हो । मासिक रुपमा कामदारको न्युनतम तलब २० लाख १० हजार वन प्राप्त गर्ने छन् । ओभर टाइम र सार्वजानिक विदाको समयमा काम गर्दा अतिरिक्त भत्ता पाउनेछन् । यो नियम कोरियाका सम्पूर्ण उद्योगहरुमा लागु हुनेछ । ज्याला निर्धारण समितिले गरेको यो निर्णय गर्दा उद्योगी पक्षले उच्च ब्याजदर, कोरियाली वनको डलरसँगको उच्च गिरावट र कोरोना महामारीका कारण भएको आर्थिकफुर्सदमा
फरक

पसिना बग्दै झर्छ पैताला तिर उता हुँदा अलिकति निधारमा पसिना आउँदा पनि थचक्क बसिन्थ्यो चौतारीमा पुछिन्थ्यो झुम्के रुमालले यता त झरिरहन्छ पसिना म मेसिन, काम गरि रहन्छु । गाउँमा घाम आए पछि ज्यानमा ज्यान आउँथ्यो यहाँ घाम आए पछि अलिकति बाँकी रहेको ज्यान पनि मरेर जान्छ । घाम उही हो हावा उस्तै हो । भञ्ज्याङ डाँडामा उक्लिए पछि हावाको एक झोक्का छोएर जान्थ्यो सुमसुम्याउँदै मेरो जवानीलाई कम्पनीमा फ्यान छन् ठूला ठूला हावा फालिरहन्छ हुत्याउँदै जान्छ ओराली झर्दै गरेको जिन्दगीलाई ।
कोरियन एयरले आउँदो अगस्ट महिनादेखि नेपालमा नियमित उडान गर्ने

कोरियन एयरले अगस्ट महिनादेखि सोल-काठमाडौं नियमित उडान गर्ने भएको छ । प्रत्येक सोमबार र बुधबार उडान गर्ने एयरले जनाएको छ । कोरोना महामारीका कारण रोकिएको उडान दुई वर्ष पछि पुनः सुरु हुन लागेको हो । नियमित उडान भएसँगै लामो समयदेखि कोरिया आउन प्रतिक्षारत युवाहरु सहजै रोजगारका लागि यहाँ आउन पाउने छन् । साथै कोरियामा रहेका नेपालीले पनि अन्य एयर मार्फत नेपाल जान र कोरिया आउन ट्रान्जिटको झन्झटिलो व्यहोरिरहेका थिए । अब ट्रान्जिटको बाध्यता हट्ने छ । साथै उडान रद्द भइरहने समस्या पनि भोग्नु पर्ने छैन । चर्को कामदार अभाव खेपिरहेकोफुर्सदमा
आर्थिक युद्धमा रुस जिततर्फ

रुसमाथि पश्चिमको आर्थिक युद्ध तीन महिनादेखि चलिरहेको छ । तर, युद्ध प्रत्युत्पादक भइरहेको छ । सबैभन्दा उत्तम विकल्प मानेर भ्लादिमिर पुटिनविरुद्ध प्रतिबन्ध लागू गरिएको थियो । यो प्रतिबन्ध केही नगर्ने वा सैन्य हस्तक्षेप गर्ने विकल्पभन्दा उचित थियो । हाल प्रतिबन्ध बढाइए पनि रुस युक्रेनबाट पछि हट्ने संकेत देखिँदैन, किनभने यी प्रतिबन्धले रुसको तेल र ग्यास निर्यातको लागत बढाएको छ, जसले व्यापार सन्तुलनलाई बलियो बनाएर युद्धका लागि आवश्यक लगानी उपलब्ध गराइदिएको छ । र, यो परिणाम अस्वाभाविक छैन । पुटिनले सन् २०२२ को पहिलो चार महिनामा नौ खर्ब ६० अर्ब डलरको चालू खाता बचत रहेको घमन्ड गर्नफुर्सदमा
गौतम गोलेको ‘म्राङसेम खाबा…’ सार्वजानिक

मोडल गौतमले गीत सार्वजानिक भएपछि पहिलो प्रयास राम्रो रहेको प्रतिक्रिया सन्देशहरु आइरहेको बताए । कोरियाको दैनिक कामको व्यस्ततामा पनि केही छुट्टीका समयलाई भ्याइनभ्याइ नयाँ काम गर्न पाउँद खुशी भएको उनले बताए । पहिलो प्रस्तुतिमा भएका कमी कम्जोरीलाई सुधार्दै यस्तै–यस्तै सल्लाह सुझावलाई सहर्ष स्वीकारेर अबको दिनमा राम्रो काम गर्ने र निरन्तरता दिने मोडल गौतमले बताए । लगभग ७/८ बर्ष कोरियामा रोजगारीको सिलशिलामा बस्दै साप्ताहिक बिदामा विभिन्न म्युजिक भिडियो र घुमघामको ‘ड्रोन’ फुटेज खिच्दै आइरहेको गौतम गोलेले मोडलिङमा क्षेत्रमा प्रवेश भएको छ । यो गीतमा मोडल गौतमले नै दृश्य सम्पादन र कलरफुर्सदमा
विरामी उपचार सहयोगका शेर्पा संघ दक्षिण कोरियाकाे अाग्रह

दक्षिण कोरियामा अध्ययनका लागि आएकी संखुवासभाकी जाङ्मु शेर्पाको उपचारको लागि शेर्पा संघले उपचार सहयोग गर्न आह्वान गरेको छ । केही समय देखि फोक्सोको समस्याकाे उपचार गराइ रहेकी शेर्पालाई नेपाली १० लाख भन्दा बढि लाग्ने उपचार गराइरहेकाे अस्पतालले जनाएकाे छ । ‘हामीले परदेशमा दुःखमा रहेको नेपालीलाई सहयोग गर्नुस भनेका हौं । विरामीले घरबाट पैसा ल्याएर उपचार गर्न पनि सक्ने अवस्था छैन । यहाँको अस्पताले १० लाख रुपैया भन्दा बढि लाग्छ भनेको छ रे ।’ शेर्पा संघ दक्षिण कोरियाका अध्यक्ष थुतुङगेल्जे शेर्पाले भने । ‘सकेको सबैले सहयोग गरे उहाँको उपचार सजिलै हुनफुर्सदमा