Advertisement
SKIP THIS

बिदा पहल गरिदिन अनुरोध नै आएन-दूतावास


लिलु डुम्रे

सोल-भूकम्पबाट पिडित आफ्ना परिवारलाई भेट्न बिदामा नेपाल फर्कन कामदारले नपाएको अवस्थामा सहजीकरण गरि बिदा मिलाइदिन दुतावासले गरेको सहयोग कार्यका लागि कामदारहरु मार्फत हालसम्म आग्रह नगरिएको दुतावासले स्पष्ट पारेको छ ।

दुतावासले भूकम्पबाट पिडित आफ्ना परिवारसंग भेट्न नेपाल फर्कन कम्पनिहरुसंग समन्वय गरि बिदा मिलाइदिन लागेको थियो । परिवारमा मृत्यु भएको अवस्थामा परम्परागत रितिथिति गर्नका लागि बिदा नमिलेको भएमा दुतावासमा सम्पर्क गर्न कामदारहरुलाइ सुचित गरिएको हो ।

कोरियाको विदेश मन्त्रालयका अधिकारीसंग नेपाली कामदारका लागि बिदा मिलाईदिन औपचारिक आग्रह गरिएकोमा सकरात्मक प्रतिक्रिया पाएको दुतावासका उपनियोग प्रमुख राजाराम बर्तौलालै जानकारी दिए । विदेश मन्त्रालयका अधिकारीले साना तथा मझौला उद्योग मन्त्रालयमा तत्काल परिपत्र गर्ने नेपाली दुतावासलाइ गत साता बिस्वस्त पारेको थियो । नेपाली कामदारहरु साना तथा मझौला उद्योग मन्त्रालयको मातहत रहने कम्पनीहरुमा कार्यरत रहेका हुन्छन ।

केहि युवाहरु भूकम्प पश्चात आफ्नै पहलमा आफन्त भेट्न नेपाल पुगेका छन् । दुतावासले दिएको जानकारी अनुसार हालसम्म बिदाको लागि पहल गरिदिन दुतावासमा कामदारहरुद्वारा अनुरोध गर्न गरिएको छैन । श्रम मन्त्रालयले परराष्ट्र मार्फत आफन्त मृत्यु भइ नेपाल फर्कन चाहने कामदारहरुको बारेमा दुतावाससंग जानकारी मागेको थियो । नेपाल फर्कन समस्यामा परेको कामदार हालसम्म नरहेको जानकारी परराष्ट्र मन्त्रालयलाई गराईएको श्रम सहचारी अनिल गुरुङ बताए ।

केहि नेपाली युवा उद्धार तथा राहतमा खट्ने गरि नेपाल पुगेका छन् । यौंग स्टार फाउन्डेसनले आफ्ना केहि सदस्य भूकम्पले बढी प्रभावित काभ्रे र सिन्धुपाल्चोकमा खटिएको सस्थाका सल्लाहकार यम श्रेष्ठले जानकारी गराए । २८ हजारको संग्ख्यामा रहेका नेपाली कामदारमा अधिकांश भूकम्पबाट प्रभावित परिवारका रहेका छन् । परिवार र आफन्तमा मृत्यु तथा भौतिक सम्पति क्षति भएको परिवारका सदस्य यहाँ रहेपनि नेपाल बिदामा नगएको गोरखा परिवार समाजका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी गराए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...