Advertisement
SKIP THIS

ईपीएस परीक्षा असोज पहिलो साता


देवेन्द्र सम्बाहाम्फे

सोल, रोजगार अनुमती प्रणाली (ईपीएस) अन्तर्गत छैटौं कोरियाली भाषा परीक्षा असोज पहिलो हप्तामा मात्र हुने भएको छ । एचआरडी कोरियाका प्रतिनीधी र नेपाली अधिकारीहरुले आइतबार वर्षा यामपछि मात्र परीक्षा संचालन गर्ने निर्णय गरे अनुसार असोज पहिलो हप्तामा हुने भएको हो । आइतबार भएको द्धीपक्षीय बैठकले गरेको निर्णय निर्देशक समितिमा पेश गरेपछि परीक्षा मिति निर्धारण हुनेछ ।

समितिको बैठक छिट्टै बस्ने ईपीएस शाखा नेपालका निर्देशक डिल्लीराम बास्तोलाले बताए । मध्य वर्षामा परीक्षार्थीको कठिनाइलाई मध्यनजर गरेर असोज पहिलो हप्ता परीक्षा संचालन गर्ने निर्णय गरिएको बास्तोलाको भनाइ थियो । कोरियन अधिकारीहरुले अझ पछि सार्ने प्रस्ताब ल्याए पनि नेपाली पक्षले परीक्षा छिटो संचालन हुनुपर्नेमा जोड दिएको थियो । ईपीएसको पुरानो कार्य तालिका अनुसार जेठ ३० र ३१ गते परीक्षा संचालन गर्न लागिएको थियो तर बैशाख १२ गते गएको विनाशकारी भूकम्पको कारण ४ महिना पछि सारिएको हो ।

२०१६ को कोटाबाट कोरिया भित्रयाउने गरि लिन लागिएको परीक्षाका लागि २०७२ बैशाख ३ देखि ६ गतेसम्म आवेदन संकलन गरिएको थियो । काठमाडौं उपत्यकाभित्र पाँच स्थान र उपत्यका बाहिर पाँच क्षेत्रबाट ५१ हजार ३ सय जनाले आवेदन फारम भरेका थिए । परीक्षा मिति सरेपछि परीक्षाफल प्रकाश मिति पनि हेरफेर हुने भएको छ ।

यो बर्षको परीक्षाबाट उत्पादनमुलक क्षेत्रतर्फ ४ हजार ९ सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ २ हजार २ सय गरि ७ हजार १ सय अनुमानित उतीर्ण सङख्या एचआरडी कोरियाले तोकेको छ । बिगत बर्षहरुमा साउन महिनामा आवेदन संकलन गरेर असोजमा परीक्षा संचालन हुने गरेको थियो ।

त्यस्तै भूकम्पले ईपीएस सम्बन्धी कुनै काम प्रभावित नभएको ईपीएस शाखा नेपालले जनाएको छ । यस सम्बन्धी तालिम, श्रम करार सम्झौता, भिषा प्रकृया, उडान प्रबन्ध लगायत ईपीएससंग सम्बन्धित सम्पुर्ण काम नियमित रुपमा सम्पादन भइरहेको शाखाको बिज्ञप्तिमा जनाइएको छ । भूकम्प आए पछि मात्र करिब ८ सय नेपाली युवा कोरिया भित्रिएको निर्देशक बास्तोलाले बताए । ‘एचआरडी कोरिया र ट्राभल एजेन्सीसंग क्लोज कोअडिर्नेशन गरेर भए पनि कामदारलाई कोरिया पठायौं ।’ बास्तोलाले कान्तिपुरसंग फोनमा भने ‘भूकम्पले सिर्जना गरेको प्रतिकुल अवस्थामा पनि ईपीएस कार्यालयबाट हुने कुनै काम प्रभावित हुन दिएका छैनौं ।’

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...