Advertisement
SKIP THIS

नेपाली संगीतमा पनि पैसावाल , नातावाद र कृपावाद छ : तायाहाङ्मा राई


गायिका तायाहाङ्मा राईको दोस्रो गिती एल्वम ‘तराना’ भर्खरै बजार आएको छ । उक्त एल्वममा राज सागरको संगीत रहेको छ भने शव्द शीतल कादम्बिनी , जुना वाइवा , राज सागर , शुष्मा देवकोटा र घनश्याम पथिकको रहेको छ । मायाको गहिराई …… बोलको गीतको म्युजिक भिडियो पनि तयार गरिएको छ । उक्त म्युजिक भिडियोको निर्देशन प्रसन्न पौडेलले गरेका छन भने क्यामेरा बिदुर पाण्डेले खिचेका छन र अभिनय बिमलेस अधिकारी र रिमा बिश्वकर्माको रहेको छ ।

रेडियो नेपालबाट २०६७ सालमा स्वर परिक्षा पास गरेकी राईले २०५८ सालमा लोकतन्त्र दिवसमा आयोजित राष्ट्रब्यापी गायन प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी थिईन । अहिलेको नेपाली संगीत बजारको बारेमा फोनिजकोरिया संवाददाता निश्चल काउचाले राईसँग गरेको कुराकानी :-

 

तपाईंको ‘तराना’ एल्वम भर्खरै बजारमा आएको छ । यसमा कस्ता खालका गीतहरू छन ?

यसमा सेन्तिमेन्टल आधुनिक गीत र एउटा रोमान्टिक गीत सामावेश छन ।

 

स्रोता तथा दर्शकको कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

स्रोता तथा दर्सकहरुबाट एकदम राम्रो प्रतिक्रिया पाएकी छु । अझै मलाई संगीत लाग्ने हौसला र प्रोत्साहन मिलेको छ ।

 

नेपाली संगीतको स्थिति कस्तो छ ?

नेपाली संगीतको स्थिति एकदमै कमजोर पाएकी छु र यहाँ पैसावाल , नातावाद र कृपावाद हालिमुहाली चल्छ ।

 

संगीतमा लागेर जिउन गाह्रो भनिन्छ नी ?

त्यो त अवस्य पनि हो तर पछिल्लो समयमा राम्रा संगीतकर्मीहरू ठुलै संघर्ष गरेर नाम र दाम पनि कमाई रहेका छन ।

 

देश , बिदेशबाट कन्सर्टको अफर आईराखेको होलानी ?

हजुर आईराख्छ म नेपाल बाहिर हङकङ र कोरिया गएर आईसकेकी छु ।

 

नेपाली संगीत बजारमा नयाँलाई स्पेस पाउन गाह्रो छ भनिन्छ नी ?

त्यो अबस्य पनि हो किनकी म नयाँ कलाकार भएर भोगेकी पनि छु र देखिकी पनि छु । पुराना चलेका गायक , गायिकाहरूलाई मात्र मिडियाले पनि बढी नाम प्राथमिकता दिने र नयाँहरुलाई वास्ता नगर्ने परिपाटी बढी छ । पैसा हुनेवालाहरूले जस्तै नराम्रो गीतलाई पनि पैसा पेलेर चर्चामा ल्याउने गर्छन् । पैसा नहुने तर कला राम्रो हुने कलाकारहरू पछि परिरहेको अवस्था हो अहिलेको ।

 

संगीतमा लाग्ने प्रेरणा कसरी पाउनु भयो ?

संगीत मेरो सानै देखिको शोख हो र म सानोमा गाउनु भन्दा पनि नाच्नमा खप्पिस थिए । साच्चै भन्नु पर्दा यो प्रेरणा मेरो दिज्यु सविना राईबाट धेरै पाएकी छु ।

 

तपाईको फ्यानहरूलाई केही भन्न चाहनु हुन्छकी ?

मेरो सबै फ्यानहरु , मेरा शुभ चिन्तकहरूलाई , नेपाली गीत , संगीतलाई माया गर्नु सबै जनालाई धन्यवाद भन्न चाहन्छु । मैले भर्खरै मेरो दोस्रो एल्वम ‘तराना’ बजारमा ल्याकी छू । सुनिदिनु होला र ममा के कति कमजोरीहरु छन सल्लाह, सुझाब दिनु होला । हजुरहरूको सल्लाह , सुझाब हामी नयाँ कलाकारहरूलाई एकदमै खाँचो छ । अन्तमा मलाई जति पनि सपोर्ट गर्नु हुने बिभिन्न मिडिया र शुभ चिन्तकहरूलाई थ्याङ्क्यु सो मच भन्न चाहन्छु ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...