Advertisement
SKIP THIS

कहिले टुंगिएला बैदेसिक रोजगार मामला ?


घनश्याम गौतम

गत फल्गुन १२ गते रज्धनीका १८ मेन्पवोरमा छापा मारेर १२ जना संचालकलाई प्रहरीले पक्राउ गर्यो | यसको बिरोधमा नेपाल वैदेशिक रोजगार ब्यबसायी सघंले सुरु गरेको आन्दोलन अझै जरि छ । १० हजारमा कुनै पनि हालतमा काम्दार पठाउन नसकिने र मेनपावर माथी भैरहेको राज्य आतंक बन्द गर्नु पर्ने लगायतका माग रखी फाल्गुन २३ गतेदेखि नेपाल वैदेशिक रोजगार ब्यबसयि संघ को नेतृत्वमा अनिश्चित कालीन मेनपावर बन्द गरि ब्याबसयीहरु आन्दोलनमा छन ।

 

खाडीका ६ मुलुक र मलेसियामा वैदेशिक रोजगारीको लागि जाने कामदारसंग १० हजार रुपैयाँ भन्दा बढी लिन नपाउने गत असार २१ गते को सरकारको निर्णयलाई बेवास्ता गर्दै व्यावसायिहरुले अधिक रकम उठाएको सुराकीको आधारमा प्रहरीले छापा मरेको थियो | त्यहाँबाट प्रहरीले लाखौं रकम समेत बरामद गरेको थियो । कामदारसंग गरेको सम्झौता अनुसर काम नलाएको भिजिट भिसामा पठाएर अलपत्र पारेको घटनामात्र नभएर नकली कागजात बनाई अत्यधिक रकम असुल गरेको समेत प्रहरीले ठहर थियो |

 

अझ गैरकानुनी रुपैया काम्दार पठाई संगठित ठगी गरेको प्रहरीले आरोप लगयको थियो। प्रहरीद्वारा मेनपावर माथी गरिएको छापा पक्राउ तथा धरपकडको घटना वैदेशिक रोजगार ऐन २०६४ बिपरित रहेको र सो ऐन अन्तर्गत वैदेशिक रोजगार विभागले मात्र आफुहरुलाई कामकारबाही गर्ने सक्ने ब्यबसायीहरुको भनाइ रहेको छ ।

 

फ्री भिसा फ्री टिकटमा काम्दार पठाउन नसकिने तथा यस्तै हालत रहिरहने हो भने गन्तव्य मुलुकले अन्य देशबाट कामदार ल्याउने र नेपालको कोटा गुम्ने खतरा रहेको व्यावसायिहरु बताउछन । पुर्ब श्रम राज्य मन्त्री टेकबहदुर गुरुङको पालामा सुरु भएको यो प्रणाली पुर्ण कार्यनयन भए कामदारलाई प्रत्यक्ष फाइदा पुग्ने देखिन्छा | कामदारले बढी रकम तिर्नु नपर्ने र बिदेसमा गएर दुख पाउनु पर्ने अवस्था को अन्त्य हुने सरकारले दाबि गरेको छ ।

 

फ्री भिसा फ्री टिकटमा बिदेशका राम्रा र बहुराष्ट्रिय कम्पनीहरुले पठाउने गर्द्छन तर पनि कतिपय मेनपावरहरुले तेस्को दुरुपयोग गर्नाले काम्दारहरु बढी रकम तिर्न बाद्य छन । यो प्रणालीको बिरोधमा बिगतमा ब्यबसायीहरुले गरेको सडक आन्दोलन पनि करिब १ महिनापछी सरकारसगको बार्ता पछी टुंगिएको थियो ।

 

वार्षिक करिब ५ लाख युबा कामको सिलसिलामा वैदेशिक रोजगारीमा जाने गरेता पनि यो वर्ष बिदेसिने को संख्या ४५% ले घटिसकेको छ । तसर्थ आगामी वर्षदेखि रेमिटेन्समा प्रत्यक्ष असर पर्ने र देश कै अर्थतन्त्रमा नकारात्मक असर पर्ने वैदेशिक रोजगारका जानकारहरु बताउँछन् ।

 

कामदारले पाउने पहिलो महीनाको तलब बराबरको रकम वा २० हजार उठाउन पर्ने उनिहरुको माग छ । साथै स्वतन्त्र र भय रहित वातावरणमा काम गर्न पाउने सुनिस्चित नभएसम्म अनिश्चित कालिन आन्दोलन जारी रहने संघको दाबी छ।

 

ओखलढुंगा

हाल- दक्षिण कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...