Advertisement
SKIP THIS

ईपीएस परीक्षा असारको पहिलो हप्तामा


काठमाडौं -सन् २०१७ को ईपीएस  भाषा परीक्षा आगामी असारको पहिलो हप्तामा सञ्चालन गर्ने तयारी भएको छ ।

 

 

श्रम तथा रोजगार मन्त्रालय अन्तरगतको इपीएस कोरिया शाखाले असारको पहिलो सातामा नै परीक्षा गर्ने तयारी गरिरहेको निर्देशक डिल्लीराम बास्तोलाले बताए ।

 

 

तर, औपचारिक मितिबारे निर्णय भने भएको छैन । श्रम तथा रोजगार मन्त्री दीपक बाहोरा अध्यक्षतामा बस्ने इपीएसको निर्देशक समितिको बैठकले औपचारिक मिति तोक्नेछ ।

 

 

मन्त्री बोहोरा अहिले प्रधानमन्त्री केही शर्मा ओलीसँगै चीन भ्रमणमा छन् । अबको दुईसाता भित्र परीक्षाको मिति तय हुने निर्देशक बास्तोलाले बताए ।

 

 

यसअघि नेपालले भदौमा परीक्षा गर्ने निर्णय गरेपनि पूर्नबिचार गर्न आग्रह गर्दै दक्षिण कोरियाले आसारमै परीक्षा गर्न नयाँ प्रस्ताव गरेको थियो ।

 

 

कोरियाको मानव संसाधन विकास विभाग (एचआरडी) ले असारमा नै परीक्षा लिईसक्नुपर्ने भन्दै इपीएस कोरिया शाखालाई पत्र लेखेको थियो ।

 

 

यसअनुसार आगामी बैशाखको दोस्रो हप्तामा भाषा परीक्षाको आवेदन माग गरिने उनले बताए ।

 

 

अनलाइन फारम भर्न नपाइने

 

यसवर्ष अनलाइनबाटै आवेदन लिने तयारी थियो । तर, छिटो परीक्षा हुन लागेकाले परीक्षार्थीले यो वर्ष पनि लाइन बसेरै आवदेन बुझाउनुपर्ने अवस्था आएको छ ।

 

 

अनलाइन प्रणाली विकास गर्न टेण्डर आह्वान भएपनि बैशाखसम्म त्यसलाई तयार गर्न नससिकने बास्तोलाले बताए । यसअघि शाखाले असारसम्म अनलाइन प्रविधि विकास गरेर त्यसैबाट आवेदन लिने योजना बनाएको थियो ।

 

 

घण्टौं लाइनमा बसेर आवेदन भर्नुपर्दा युवालाई गाह्रो भएको भन्दै सरकारले भाषा परीक्षाको आवेदन अनलाइमै बुझ्ने तयारी गरेको थियो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...