Advertisement
SKIP THIS

दुताबासको रकम परराष्ट्र मन्त्रालयले रोक्यो


सोल -लगानी प्रवर्धनका लागि दक्षिण कोरियास्थित नेपाली दुतावासले गर्न लागेको सेमिनारका लागि अर्थ मन्त्रालयले निकासा गरेको बजेट परराष्ट्र मन्त्रालयले रोकीदिएको दूतावास स्रोतले बताएको छ ।

 

सोल स्थित होटेल लोट्टेमा गर्न लागेको सेमिनारका लागि अर्थमन्त्रालयले निकासा गरेको सात लाख रुपयाँ परराष्ट्रले रोकिदिदा तयारीमा व्यवधान आएको स्रोतको गुनासो छ । भूकम्प पश्चात नेपालको अवस्था र जलस्रोतमा लगानी बिषयक सेमिनार दुतावासले आयोजना गर्न लागेको छ ।

 

 

आगामी बुधबार तय गरिएको एक दिने सेमिनारमा नेपालको बर्तमान अवस्थाको जानकारीका साथै जलस्रोतमा बिदेशी लगानीका लागि सरकारी योजना र नीति बारे जानकारी गराउने उद्धेश्य रहेको कोरियाका लागि नेपाली राजदुत कमानसिंग लामाले जानकारी गराए । जलस्रोतलाइ मुख्य बिषय बनाइएको सेमिनारमा पर्यटन ,कृषि उद्योग लगायतका बिषयमा पनि छलफल गरिने लामाले बताए ।

 

 

नेपालका तर्फबाट तिन र कोरियनका तर्फबाट तिन कार्यपत्र सेमिनारमा प्रस्तुत गरिने छ । सेमिनारका लागि प्रमुख अतिथिका रुपमा एमाओवादी उपाध्यक्ष तथा  विदेश बिभाग प्रमुख नारायणकाजी श्रेष्ठ कोरिया आउने छन ।  लगानी बोर्ड कार्यकारी प्रमुख राधेश पन्त , उर्जा मन्त्रालयका सह सचिव र नेपाल बिधुत प्राधिकरण व्यापार शाखाका निर्देशकले सेमिनारमा बिषयगत कार्यपत्र प्रस्तुत गर्नेछन । दुइ चरणमा गरिने सेमिनारको पहिलो चरण स्वागत र परिचयात्मक हुनेछ ।

 

 

कार्यक्रमको दोश्रो सेसनमा  नेपालका जलाशय युक्त आयोजनाहरुमा  लगानीका सम्भावनाहरु  र दिगो विकास  बिषयमा लगानी बोर्डका कार्यकारी प्रमुख राधेश पन्तले कार्यपत्र प्रस्तुत गर्नेछन भने कोरियन कम्पनी ओसीआइका प्रतिनिधिले उर्जाका लागि लगानी आकर्षित वातावारण बिषयमा आफ्ना विचार राख्नेछन । अर्थ मन्त्रालयका प्रतिनिधिले जलस्रोतमा नेपाल र दिगो बिकाशमा लगानीकर्ताको धारणा बिषयमा कार्यपत्र प्रस्तुत गर्नेछन ।

 

 

त्यसै गरि अन्तराष्ट्रिय गैर सरकारी संस्था कोइकाका प्रतिनिधिले नेपालको बिकाशका लागि कोरियाको सहकार्य ः बर्तमान  अवस्था र भविष्यको सम्भाव्याता बारेमा कार्यपत्र प्रस्तुत गर्नेछन । नेपाल बिधुत प्राधिकरण व्यापार शाखा प्रमुखले नेपालमा हाईड्रोपावरमा लगानीका प्रक्रिया र अवसर बारेमा बोल्नेछन ।

 

 

जलस्रोत व्यवस्थापनमा वित्तीयकरण र उर्जा मैत्री बातावरण बिषयमा जीजीजी आईका  प्रतिनिधिले कार्यपत्र प्रस्तुत गर्नेछन । प्रस्तुत गरिएका सबै कार्यपत्र माथि दुवै पक्षबाट छलफल गरिने छ ।

 

 

अन्तराष्ट्रिय क्षेत्रमा  भूकम्प पश्चात नेपाल बिग्रीएको ,तहसनहस भएको नकारात्मक खबर बढी प्रसारित भएकोले नेपालको बर्तमान अवस्था जानकारी गराउन साथै लगानीको बातावरण अनुकुल रहेको प्रष्ट पार्न सेमिनार आयोजना गरिएको राजदुत लामाले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ओन्याङ ओन्छनमा तेश्रो ‘छुङ्नाम सिनियर जुनियर पूल प्रतियोगिता’ आयोजना हुने
  • पहिलो सांगितिक कार्यक्रमका लागि कुमा सागर एण्ड द ख्वप: व्याण्ड कोरिया अवतरण
  • फेब्रुअरी १७ तारिख थारु समुदायले गायिका अञ्जु कुश्मीको साथमा माघि पर्व मनाउने
  • नेपालको पर्यटन प्रवर्द्धनको भिडियो कोरियाको KTX ट्रेनमा प्रसारण , चौतर्फी प्रशंसा कमाउँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...