Advertisement
SKIP THIS

सातौँ कोरियन भाषा परीक्षा असारमै


रीतु थेबे

काठमाडौं– सातौं कोरियन भाषा परीक्षा आउँदो असारमा हुने भएको छ ।

 

२०७३ साल भदौमा गर्ने तयारी भएपनि मानव संसाधन विकास संस्था (एचआरडी) कोरियाले असारमै परीक्षा गर्न आग्रह गरेपछि इपिएस कोरिया शाखाले त्यसै अनुसार तयारी गरिरहेको शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले जानकारी दिए ।

 

 

एचआरडी कोरियाले इपिएस मार्फत कामदार लैजाने सबै देशमा असारभीत्रै परीक्षा गर्ने तयारी गरेकाले नेपालमा पनि असारमै परीक्षा गर्न लागिएको हो । परीक्षा हुने दिन भने तोकिएको छैन ।

 

 

भदौमा परीक्षा गर्ने तयारीमा लागेको इपिएस शाखाले अनलाइन फारम भर्ने व्यवस्था पनि तत्काल कार्यान्वयन नगर्ने भएको छ । असारमै परीक्षा सञ्चालन गर्नुपर्ने भएकाले पहिलेकै प्रक्रियाबाट फारम लिइने र अनलाइनबाट फारम भर्न नपाउने निर्देशक बाँस्तोलाले बताए । अनलाइन मार्फत फारम भर्ने तयारी नपुगेकाले यो वर्ष अनलाइनमार्फत फारम भराउन नसकिएको हो ।

 

 

अनलाइन फारम भराउन चार वटा फर्म छनौट गरिसकिएको पनि उनले जानकारी दिए । भदौसम्ममा अनलाइन फारम भर्ने सफ्वेटयर तयारी हुने र विशेष कोरियन भाषा परीक्षा (सिविटी) दिने कामदारलाई भने अनलाइनबाटै फारम भराइने बाँस्तोलाको भनाइ छ ।

 

 

सिसिभिआई भर्दा क्षयरोगको रिपोर्ट चाहिने 

 

 

रोजगारीका लागि दक्षिण कोरिया जाने प्रक्रियामा रहेका कामदारले सिसिभिआई भर्ने समयमा क्षयरोग रिपोर्ट पेस गर्नु पर्ने भएको छ । स्वास्थ्य परीक्षण गरिसकेका कामदारले अनिवार्य रुपमा क्षयरोगको जाँच पनि गराउनुपर्ने भएको हो ।

 

 

कामदारले आफूले स्वास्थ्य परीक्षण गराएको अस्पतालमै क्षयरोग जचाँउन गर्न सक्नेछन् । इपिएस कोरिया शाखाले स्वास्थ्य परीक्षणका लागि निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर, शुक्रराज ट्रपिकल अस्पताल टेकु, पाटन अस्पताल लगनखेल र कोरिया नेपाल मैत्री अस्पताल भक्तपुर तोकेको छ ।

 

 

भाषा परीक्षा लागि पासपोर्ट अनिवार्य

 

 

कोरियन भाषा परीक्षाको फारम भर्न यो वर्षदेखि मेसिन रिडेवल पासपोर्ट (एमआरपी) अनिवार्य चाहिने भएको छ । विगतका वर्षमा नागरिकता वा राहदानीका आधारमा परीक्षा फारम भर्न पाइन्थ्यो । तर आउँदो सातौं भाषा परीक्षामा दरखास्त दिन एमआरपी अनिवार्य गरिएको इपिएस कोरिया शाखाले जनाएको छ ।

 

 

कोरियन भाषा परीक्षाको दरखास्त फारम भर्दा उल्लेख गरेको नाम, थरको शब्द फरक पर्ने गरेको, दरखास्त फारममा उल्लेख गरेको जन्म मिति र भाषा परीक्षा उत्तीर्ण भएपछि रोजगार आवेदन फारम भर्दा पेस गरेको राहदानीमा उल्लेख भएको नाम, थर, जन्ममिति लगायतको व्यक्तिगत विवरण फरक परेको कारणले सयौं युवा भाषा परीक्षा उत्तीर्ण भएर पनि कोरिया जानबाट वञ्चित हुनु परेको कारण पहिल्यै पासपोर्ट अनिवार्य गरिएको उहाँले जानकारी दिए ।

 

 

विगत वर्षमा परीक्षा केन्द्रमा नक्कली परीक्षार्थी भेटिएकाले त्यसलाई रोक्न र भाषा परीक्षालाई अझ स्वच्छ, निष्पक्ष र मर्यादित बनाउनसमेत यो निर्णय गरिएको उहाँको भनाइ थियो । भाषा परीक्षा दिन चाहने तर पासपोर्ट बनाएकालाई समयमै राहदानी बनाउन इपिएस कोरिया शाखाले आग्रह पनि गरेको छ ।-उज्यालो

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘साँस्कृतिक क्रान्तिपनि हरेक परिवर्तनको संवाहक हुनसक्छ।’ – शुभराज भोम्जन
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...