Advertisement
SKIP THIS

ईपिएस कामदारले सवारी साधन चलाउदा ध्यान दिनुपर्ने कुराहरु


२०१३ मा कृषिमा काम गर्न कोरिया आएका एक जना नेपाली कामदारले आएको एक महिनामा नै लुकी चोरी मालिकको मोटरसाईकल हाक्न थाले । फूल उत्पादन गर्ने फर्मका मालिकले सांझ घर फर्कदा मोटरसाईकल फर्ममा नै छाडेर जान्थे । नेपाली भने लुकी चोरी मोटरसाईकल कुदाई हाल्थे । एक  सांझ मालिक घर गए पछि,  ८ बजेतिर  बजारमा यसो एक राउण्ड लगाएर आउं भनेर मोटरसाईकल हाकेका ती युवक, फर्केर कहिल्यै कम्पनी आएनन् । उनीले मोटरसाईकल दुर्घटनामा घटनास्थलमा नै ज्यान गुमाउन पुगे । मैले तिनको शव हेर्दा, अनुहार सम्म चिन्न नसकिने अवस्थामा थियो । अचम्म के भने, ती युवकको कोरियामा सवारी हाक्ने लाईसेन्स नै थिएन ।

 

 

२०१५ मा मोटरसाईकलमा भएको एक दुर्घटनामा कोरियामा एकैसाथ दुई जना नेपालीले ज्यान गुमाउनु परेको थियो । उक्त दुर्घटनामा प्रयोग भएको मोटरसाईकल उच्च गतिमा रहेको बुझिएको थियो ।

 

 

हाम्रो देश नेपालमा मोटरसाईकल निकै चलन चल्तीमा रहेको छ । छोरा वा छोरी एसएलसी पास भयो कि, चहियो पल्सर वा स्कुटी । आमा बुवालाई डिमाण्ड पु¥याउन हैरान् । तर कुरो मोटरसाईकल उपलब्ध गराउने मात्रै होईन, सुरक्षाको पनि छ । भर्खरै प्रकाशित एक तथ्यांक अनुसार नेपालमा एक बर्षमा करीब ३ सय जनाको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको छ । नेपालको यो रोग हामी नेपालीहरुले कोरियामा पनि लिएर आएका छौ । कोरियाको बाटो नेपालको भन्दा चौडा, कोरियाको मोटरसाईकल नेपालको भन्दा ज्यांगो । अनि यसो कम्पनीको कामबाट फुर्सद मिल्यो कि, कुदायो छोराले मोटरसाईकल, अनि लगेर ठोक्यो डयाम्म, अनि सररररर ।

 

 

यातायात क्षेत्रमा मेरो  अनुभवले भन्न सक्छु कि, मोटरसाईकल यातायातको सबैभन्दा असुरक्षित साधन हो । यसो चिप्लियो कि गयो । सानो गल्तीले पनि ज्यान जान सक्छ । कोरियामा पनि थुप्रै नेपालीहरु मोटरसाईकल दुर्घटनामा परेर घाईते भएका छन् भने कतिको मृत्यु भई सकेको छ । पछिल्लो तीन बर्षमा मात्र चार जना नेपालीहरुले मोटरसाईकल दुर्घटनामा ज्यान गुमाई सकेका छन् भने करीब ८ जना गम्भिर रुपमा घाईते भएका छन् । घाईतेहरु पनि लामो समयसम्म उपचार गराउनु परेको तथा पछि काम गर्न पनि नसक्ने अवस्थामा पुगेको देखिन्छ । फेरी जति पनि दुर्घटनामा ज्यान गुमाएकाहरु छन् तिनीहरुको लाईसेन्स नै थिएन । कोरियालीहरु तुल्नात्मक रुपमा धेरै कम मोटरसाईकल प्रयोग गर्छन् । यहां प्राय पसलेहरुले सामान ढुवानीमा यसलाई प्रयोग गरेको देखिन्छ । यहांको मौसम मोटरसाईकल प्रतिकूल छ भने यहांका राजमार्ग वा द्रुत  मार्गहरुमा मोटरसाईकल चलाउन निषेध छ ।

 

 

यातायातका अन्य साधनहरु सहजै उपलब्ध छ । फेरी दुर्घटना भयो भने गल्ती गर्नेले ठूलो क्षतिपूर्ति तिर्नु पर्ने हुन्छ । नेपालमा बायांबाट चलाईने सवारीहरु यहां दायांबाट संचालन गरीन्छ भने कोरियामा सडक तथा ट्राफिक व्यवस्थापन आधुनिक तथा ईलोक्ट्रोनिक भएको हुनाले हामी नेपालीहरुका लागि यहांको सिष्टम सहज छैन् । सानो गल्तीले पनि ज्यान जान सक्छ ।

 

 

अब यक्ष प्रश्न उठ्छ, कोरियामा मोटरसाईकल चलाउने कि नचलाउने ? प्रश्नको सहज उत्तर छ नचलाउने । नेपालमा जस्तो यहां सार्वजनिक यातायातको साधनको समस्या छैन । बस, ट्रेन  ट्याक्सीको पर्याप्त सुविधा भएकोले मोटरसाईकल चलाउन आवश्यक छैन ।  हामी कोरियामा मोटरसाईकल चलाउन आएका पनि होईनौ । अन्य साधनको प्रयोग गर्ने तर मोटरसाईकल नचलाउने तथा मोटरसाईकल कसैले चलाएछ भने पछाडि पनि बस्दै नबस्ने । तर चलाउनु नै पर्छ, नचलाई गुजारा छैन भने के गर्ने ?

 

 

१.आफूले नेपालबाट लिएको सवारी चालक अनुमतिपत्रलाई राजदूतावासबाट प्रमाणित गराई कोरियाली यातायात सम्बन्धी कार्यालयबाट कोरियाली अनुमतिपत्र लिने ।

 

 

 

२. कोरियामा रहेका डाईभिंग ईन्सीच्युटबाट पर्याप्त तालिम लिने ।

 

 

३. सवारी सम्बन्धी सम्पूर्ण बीमा गर्ने । आफू पूर्ण रुपमा जानकार तथा अभ्यस्त भएपछि मात्र कानूनको परिधिभित्र रहेर मोटरसाईकल चलाउने ।

 

 

४. आफूले चलाउने मोटरसाईकलको वैधानिक दर्ता तथा अन्य कागजात ठीक छ कि छैन, राम्रोसंग एकिन गरेर मात्र मोटरसाईकल चलाउने ।

 

 

. ट्राफिक नियमको पूर्ण पालना गर्ने । बढी सि.सि. को मोटरसाईकल यथाशक्य नचलाउने । जाडोमा मोटरसाईकल नचलाउनु बेस ।

लेखक सोलस्थित नेपाली राजदूताबासका श्रम सहचारी हुन् |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...