Advertisement
SKIP THIS

भूकम्पपिडितको लागि सहयोग गर्न नेपाली जनसम्पर्क समितिको अपिल


यम श्रीष,सोल

नेपालमा शनिबार मध्याहृन आएको विनाशकारी भूकम्पले भएको मानवीय क्षति एवं अर्बौंको भौतिक सम्पतिको नोक्सानप्रति नेपाली जनसम्पर्क समिति,दक्षिण कोरिया गहिरो दुःख प्रकट गरेको छ । हजारौको निधन, अर्बौंको धनमाल नष्ट भइ हजारौं परिवार विस्थापित भएकोमा सम्पूर्ण पीडित परिवारजनप्रति हार्दिक सहानुभूति प्रकट गर्दै यस दुःखद घटनाबाट दिवंगत भएका व्यक्तिका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । त्यस्तै दिवंगत आत्माको चिर शान्तिको कामना एवं घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुका साथै भविष्यमा यस्ता प्रकारका विपदको जोखिमको रोकथाम तथा नियन्त्रणको लागि सरकारी स्तरबाट आवश्यक नीति, नियम तय गरी कार्यन्वयन गर्न गराउन पनि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ ।

राष्ट्रिय संकटको यस दुःखद घडीमा पीडित परिवारजनको व्यवस्थापन तथा अन्य आवश्यक सहयोगमा बिश्व भरी छरिएर बस्ने नेपालीहरु एकतामा गांसिएर राहत सामग्री एवं आर्थिक सहयोग जुटाउन समेत अनुरोध गर्दै एक नेपालीलाई आकस्मिक विपद पर्दा अर्को नेपालीले सहयोग गर्नु हामी सबैको कर्तव्य र मानवीय धर्म हो भन्ने भावनाका साथ नेपाली जनसम्पर्क समितिले राहत संकलन अभियान सुरु गरेको छ ।

कोरियामा बस्नुहुने सम्पूर्ण नेपाली समुदाय सहयोगमा जुट्न हार्दिक अपिल गर्दै जनसम्पर्क समितिका सातवटै क्षेत्रका सभापति लगायत सम्पूर्ण सदस्यहरुलाई सशक्तरुपमा लाग्न आव्हान गर्दछ । सहयोग रकम यो बैंक को खाता मा जम्मा गर्न सक्नु हुनेछ !
Shinhan bank 신한은행 ,code no. 088 ac holder name – kunwar giri bahadur Ac/no.110-442-269707

नबराज शिवाकोटी
सभापति
नेपाली जनसम्पर्क समिती कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...