Advertisement
SKIP THIS

कोरियामा आत्महत्या र निराकरण


बलराम पाठक

जीवन एउटा सुन्दर फुल हो, यसले हरेक बिहान नया सुवास र हरेक साझ नया कोपिला दिने गर्छ | जीवन सोच्ने कुरा मात्र होइन यो त मन्दिर जस्तो पूर्ण शिल्पकलाले भरिपुर्ण कलात्मक वास्तविकता पनि हो  तर परदेशी भूमिमा सपना सजाउन आउने केहि मित्रहरु भने सुन्दर फूल जीवनलाई कलिलैमा कुल्चिन बाध्य भए |

 

विश्वमा कोरिया आत्महत्या गर्ने देशहरुमा पहिलो ३ नम्बरमा पर्छ भने नेपाल ९ औ र जापान १८ औ स्थानमा पर्छ | कोरिया जस्तो विकसित रास्ट्रमा आत्महत्याको दर किन बढेको छ ? सबैले बुझ्नु जरुरि छ | यहाँको भड्किलो जीवनशैली ,प्रविधि र मेहनतले मानिसको मनासपलटमा अति जिम्मेवारी र कडा मेहनतको बिज रोपिदिएको छ | कोरिया प्रबेशसंगै हामी पनि प्रत्यक्ष वा अप्रत्यक्ष यस्ता बानी व्यवहार संग जोडिन पुगेका छौ जस्ले हामीलाई बेला बेलामा मानसिक बिचलन पैदा गर्ने गर्दछ | छोटो र व्यवहारिक शैलीमा कोरियामा नेपालीहरुले आत्महत्या गर्नुको कारणहरु र यसका निराकरणहरुको बारेमा केहि खोतल्ने प्रयास गरेको छु |

 

१.भाषा ,जीवनशैली र खानपिन

 

हामी १०० मा १०० प्रतिशत हासिल गरेर कोरियन भाषा परीक्षा  उतिर्ण भए पनि दैनिक व्यवहारमा प्रयोग हुने भाषा र बोल्ने शैलीमा २० प्रतिशत पनि हुदैनौ | कम्पनिमा नेपाली साथीहरु हुन्छन या  हुदैनन् यसमा कुनै ग्यारेन्टी हुदैन त्यसैले यावत भाषिक समस्या आफैले समाधान गर्नुपर्ने हुन्छ | कोरिया प्रवेश गर्ने बित्तिकै भाषा सिक्ने कोसिस गर्नु अति उपयुक्त हुन्छ | नजिकको चर्च वा बिदेशीहरुलाई सहयोग गर्ने संस्था हरुमा निशुल्क भाषा शिक्षाको व्यवस्था  गरिएको हुन्छ | कोरियाको खानपिन नेपालको भन्दा फरक हुन्छ, यहाँका खानेकुरा सुरुसुरुमा खान पनि सकिन्न ,जस्ले गर्दा भोकै भोकै पस्नु पर्दा मानसिक तनाब उत्पन्न हुन पनि सक्छ खानलाई अधिकांश कम्पनीले व्यवस्था गर्ने हुनाले बेलुकीको खाना नेपाली तरिकाले आफै खान पनि सकिन्छ जसो गर्दा खानाको स्वादबाट वन्चित हुनु पर्दैन | कोरियाको जीवनशैली भड्किलो र बजार अनुसार चल्ने गर्छ ,जुन समान नया आयो त्येसैको बडी चर्चा हुने गर्छ ,मोबाइल ,कम्प्युटर ,कपडा मेकअपका समानहरु बजार अनुसार प्रयोग गर्ने गर्दछन ,आफुमा  जे छ तेही प्रयोग गर्ने बानी गर्नुपर्दछ |

 

२.संस्कार र चालचलन

 

हामी ठुलालाई आदर त गर्छौं तर विचार नमिले झगडा गर्न पनि पछि नपर्ने संस्कार बाट हुर्केका हुन्छौ तर कोरियामा त्यस्तो हुदैन उमेरको ठुलो भूमिका हुन्छ | आफूभन्दा धेरै  उमेर खाएका व्यक्तिहरुको उच्च आदर गरिन्छ र उनीहरुको फैसलामा नाई नभन्ने संस्कार हुन्छ | कम्पनिमा काम गर्दा पनि त्यही हुनेगर्छ आफुले भनेजस्तो नभए गाली गलौज र ठुला स्वरमा कराउनु कोरियन हरुको बानीनै हुन्छ आफुभन्दा सानोले आफु जत्तिकै काम जान्दैन भन्ने सोच पनि हुन्छ र सानोले आफ्नो विचार राख्दा पनि खासै नसुन्ने बानी हुन्छ  | त्यसैले गाली गर्दा , आफ्नो कुरा नसुन्दा हिनताबोध हुनुभन्दा उनीहरुलाई उच्च आदर गरि निवेदन गर्यो भने आफ्नो कुरा सुन्न सक्छन ,फेरी कोरियनहरु बोलेसी बोल्यो भन्नि खालका हुन्छन र आफ्नो र आफ्नो देशको कुनै पनि नराम्रो कुरा सुन्न चाहदैनन् उनीहरुको गाली गलौज र ठुलो स्वरलाई सामान्य लिदै गल्तीहरूमा माफी माग्ने बानी गर्नुपर्दछ |

 

३.स्वास्थ्य र सरसफाई

 

कोरियामा काम राम्रो गर्यो भन्नुको अर्थ सरसफाई राम्रो गर्छ है भन्नि पनि बुझ्नु पर्दछ | आफु र आफु बस्ने होस्टलको सरसफाई गर्नुपर्दछ | सरसफाईबाट मन आनन्दित हुने गर्दछ जसले गर्दा मनमा कुविचार पैदा हुन दिदैन | आफ्नो स्वास्थ्यको धेरै ख्याल गर्नुपर्दछ |अधिक चुरोट ,रक्सि सेवनलाई कम गर्नुपर्दछ ,धेरै भार र लामो समय हुने काम गर्नुहुदैन यसले तपाईलाई दीर्घकालीन असर गर्नुका साथै मानसिक थकान र चाडो रिस उड्ने बानी हुनसक्छ | राति अबेरसम्म बस्ने बानी गर्नुहुदैन |  निन्द्रा पूर्ण नहुदा शारीरिक , मानशिक एवं मुटुमा बिस्तारै असर पर्न सक्छ जसले गर्दा हृदयघात हुनसक्ने सम्भावना बढी हुन्छ  | नियमित स्वास्थ्य परिक्षण गर्नुपर्दछ | कतै दुखाई वा पिडा हुने बित्तिकै चिकित्सकको सल्लाह लिनुपर्दछ |  रोग लाग्यो भन्दैमा आत्तिहाल्नु पर्दैन | आधुनिक युगमा हरेक रोगको निराकरण गर्ने औषधी बनेका छन् | त्यसैले स्वस्थ नै सबभन्दा ठुलो धन हो |


४.पारिवारिक समस्या र सम्बन्ध

 

धेरै जसो बिबाहित पुरुष बैदेशिक रोजगारीका लागि जाने गर्दछन | बिवाहपछिको सम्बन्ध सुमधुर नहुदा आत्महत्याको बाटो रोज्नेहरू धेरै हुन्छन | आफ्नो बैवाहिक जीवन लाई बिस्वासको बाटोबाट हेर्नु पर्दछ | अबिबाहित पुरुषहरुले आफ्नो प्रेम सम्बन्ध र केटि साथीहरुसंग सबै कुरा खुला र वैचारिक तवर बाट लिनु पर्छ | जीवन सोचाईमा भन्दा वास्तविकतामा जिउने कोसिश गर्नुपर्दछ | सामान्य कुरामा विवाद र झगडा गर्नुहुदैन | शंका ,उपशंका र रिसले आफै जलेको पत्तो पाइदैन | आफ्नो आम्दानी आफैले सुरझित राख्नु पर्दछ | परिवारलाई चाहिने खर्च मात्र पठाउदा धेरै उत्तम हुन्छ |  साथीभाईले  यति कमायो उति कमायो भन्दा पनि बचत गर्नु उपयुक्त हुन्छ | हल्लाको पछाडी लाग्नु भन्दा   आफ्नो कमाई आफैले बचत गर्नु नै उचित हुन्छ | आफुमा जस्तो र जे आम्दानी छ त्यसमा सन्तुस्ट हुन जान्नु पर्दछ |

 

५.शिक्षा  र आत्मबिस्वास

 

कोरियामा शिक्षित र उच्च शिक्षा  हासिल गरेका व्यक्तिहरु धेरै इपिसबाट प्रवेश गरेका छन् | आफुले  हासिल गरेको उपाधिलाई नेपाल भित्रै सिमित राख्नु राम्रो हुन्छ यहाँ  सबै थ्री डी काम गर्नुपर्ने हुदा आफ्नो हासिल गरेको ज्ञान, योग्यता र  शिक्षा सम्झेर घमण्ड र हिनताबोध गर्नु राम्रो हुन्न | आफु नेपाल हुदाको रोजगारी, चर्चा र अवसरलाई कोरिया प्रवेश गरिसकेपछि बिर्सिदा नै राम्रो हुन्छ ,त्यही बिषयलाई लिएर मनमा धेरै कुरा खेलाउनु हुदैन | कोरियाको बसाई  अवधि सकेर पनि तपाईको उच्च शिझा निरन्तर गर्न सक्नुहुन्छ अथवा  राम्रो बिषय भए यहिबाट पनि निरन्तरता गर्न सकिनेहुदा शिक्षालाई अत्मबिस्वास बृदि गर्न प्रयोग गर्दा उत्तम हुन्छ | फुर्सदको समयमा साथी भाईसंग भेटघाट र  संघ संस्थाहरुमा भाग लिन सके आत्मबिस्वास बृदि हुनका साथै दुख : सुख शेयर गर्न सजिलो हुन्छ |

 

अन्त्यमा,

यो लेख मेरो कोरिया बसाईको अनुभव र कोरियामा बढ्दो आत्महत्यालाई मध्यनजर गर्दै व्यवहारिक तवरबाट लेख्ने प्रयास गरेको हुँ | मेरा भनाइहरु सबै साथिहरुमा हुबहु मेल नखान सक्छ | यसमा  जोड घटाउ तपाईहरुको कमेन्टमा आशा गरेको छु |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...