Advertisement
SKIP THIS

कोरियामा तमु ल्होसार आयोजक समिति गठन


धन गुरुङ

सोल, तमु समुदायको महान पर्व तमु ल्होसार/ ल्होछार भब्य रुपमा सम्पन्न पार्न तमु धीँका अध्यक्ष प्रदीप तमुको संयोजकत्वमा तमु ल्होसार मुल आयोजक समिति गठन गरिएको छ । गत आइतबार धीँका अध्यक्ष प्रदीप तमुको अध्यक्षतामा सम्पन्न नयाँ कार्यसमितिको दोस्रो बैठक साथै बृहत तमु भेलाले सदाको वर्षहरुमा झैँ यसवर्ष पनि ल्होसारलाई भब्य र ब्यवस्थित रुपमा सम्पन्न गर्न मुल आयोजक कमिटीको साथै विभिन्न उप समितिहरु गठन गरेको हो ।

 

 

बिशेषगरी गुरुङ ( तमु) समुदायमा पौष १५को दिनमा ल्होसार मनाउँदै आए तापनि कोरियामा भने जनवरीको ३ तारिख पहिलो आइतबार मनाउन लागेको हो । गत आइतबार ६ डिसेम्बरको दिनमा योङ्दाप स्थित धीँको कार्यालयमा भएको बृहत तमु भेलाले पारित गरेको निर्णयअनुसार धीँका अध्यक्ष प्रदीप तमुको अध्यक्षतामा वर्तमान कार्यसमिति र सल्लाहकार समितिका सम्पुर्ण पदाधिकारीहरु मुल आयोजक समितिका सदस्य रहनेछ ।साथै अन्य सदस्यहरुमा सल्लाहकार गुप्त तमु र सदस्यहरु सन्तोष, मुकेश, बेल, सपना, लक्ष्मी, शान्ति, गिता, अनिता, सुरज, कुमार, एक बहादुर, सुष्मा, लक्ष्मण, दल बहादुर, विशाल र गोलमान तमु रहेका छन ।

 

ल्होसारमा प्रस्तुत गरिने साँस्कृतिक प्रस्तुतिहरुको जिम्मा सतिश गुरुङ ( स्याङ्जा) लाई तोक्ने निर्णय गरेको छ भने खाना ब्यवस्थापनको लागी संयोजकमा क्षेत्र तमु र सदस्यहरुमा दल बहादुर र गोलमान तमु रहेको छ । आर्थिक संकलन गर्न कोषाध्यक्ष अनु तमुको संयोजक, सदस्यहरु ममिता तमु र टोप बहादुर तमु र स्वयंसेवक परिचालन गर्न सदस्य देवी घले तमुको संयोजकमा स्वयंसेवक परिचालन समिति गठन गरेको छ भने प्रचारप्रसारको जिम्मा महासचिव श्रीराम तमु र सचिव हिमांशु तमु दिएको छ ।

 

त्यस्तै नेपाली दूतावास दक्षिण कोरियाका श्रम सहचारी अनिल तमु कार्यअवधि सम्पन्न गरी जनवरी दोस्रो साता नेपाल फिर्ता हुन लाग्नु भएको हुँदा उहाँलाई भब्यरुपमा सम्मान तथा बिदाई गर्न धीँका वरिष्ठ उपाध्यक्ष प्रितम तमुको संयोजकमा उपाध्यक्ष रीता तमु र संगठन सचिव सुनिल तमु सदस्य रहने गरि सम्मान तथा बिदाई कार्यक्रम ब्यवस्थापन उपसमिति पनि गठन गरेको छ । दक्षिण कोरियामा रहँदा नेपाली समुदायमा अन्त्यन्त लोकप्रिय रहनुभएका श्रम सहचारी तमुले सम्पुर्ण नेपालीहरुको दुखपिडाहरुसंग मुकाबिला गर्दै नेपालीहरुमा आईपर्ने जस्तोसुकै समस्याहरुलाई नजिकबाट नियालेर समाधान गर्नुभएको थियो । साथै उक्त दिन अरु संघसंस्थाहरुले पनि श्रमसहचारी तमुलाई सम्मान तथा बिदाई गर्न ईच्छुक भए वरिष्ठ उपाध्यक्ष प्रितम तमुलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

 

कोरियामा ल्होसार/ ल्होछार लाई सभ्य र भब्यरुपमा सम्पन्न गराउनको लागि कोरियामा रहनुभएका सम्पुर्ण तमु दाजुभाई दिदिबहिनीहरुलाई आ-आफ्नो क्षेत्र बाट सहयोग गरिदिनुहुन धीँका अध्यक्ष प्रदिप तमुले सबैलाई आग्रह गर्नुभएको छ साथै उक्त दिन कुनै संघसंस्थाले कार्यक्रम नजुधाई दिन तमु धीँ दक्षिण कोरियाले कोरियामा सक्रिय सम्पुर्ण संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

 

श्रम सहचारी अनिल तमुलाई सम्मान गर्न ईच्छुक संस्थाको लागि सम्पर्क

 वरिष्ठ उपाध्यक्ष प्रितम तमु

01034635532

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘साँस्कृतिक क्रान्तिपनि हरेक परिवर्तनको संवाहक हुनसक्छ।’ – शुभराज भोम्जन
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...