Advertisement
SKIP THIS

कोरियामा ईपिएस कामदार औद्यौगिक दुर्घटनाबाट बच्ने १० तरिकाहरु


ईपिएस कामदारको रुपमा सानुकाजी (नाम परिवर्तन) नेपालबाट आएको भर्खर चार महिना मात्र भएको थियो । कम्पनी राम्रै थियो । तलब भत्ता र ओभरटाईम पनि सन्तोषजनक नै थियो । साधारण परिवारबाट कोरिया आएका सानुकाजी आफनो कामकाजबाट प्रशन्न् नै थिए । तर दुर्भाग्य, एक दिन औद्यौगिक दुर्घटनामा परे । संधै आफैले संचालन गर्ने प्रेश आफनै दहिने हातमाथि बजारिन पुग्यो । अस्पतालको लामो बसाई पछि फर्कदा सानुकाजीले दाहिने हातको पञ्जा गुमाउनु पर्‍यो ।  चौबिस बर्षको उमेरमा दाहिने हातको पञ्जा गुमाई अंङ्ग भङ्ग हुनुको पिडा शायद सानुकाजीले मात्र व्यक्त गर्न सक्नेछन् । अस्पतालको लामो तथा पट्यार लाग्दो औषधी उपचार तथा बसाई, बीमा पाउनका लागि गर्नु परेको जदोजहदको बीचमा चौबिस बर्षे सानुकाजी कुन मानसिकतामा बस्यो होला, सहजै अनुमान लगाउन सकिन्छ । घर फर्कनु अघि एयरपोर्टबाट मलाई फोन गर्दा सानुकाजीको गला अवरुद्ध थियो । मैले छोटो शब्दमा नयां जीवनको शुभकामना दिनु बाहेक बढी कुरा गर्न सकिन ।

 

कोरियामा आद्यौगिक दुर्घटनाबाट बच्न सूरक्षाका विविध उपायहरु अपनाईएको पाईन्छ तर यति हुदा हुदै पनि ईपिएस कामदारहरु विभिन्न् किसिमका औद्यौगिक दुर्घटनामा परी अंगभंग हुनुका साथै मृत्यु समेत भएको तथ्यांक निकै डरलाग्दो छ । सन् २०१५ मा मात्रै तीन जना नेपाली कामदारहरुले औद्यौगिक दुर्घटनामा ज्यान गुमाउन पर्‍यो भने करीब १२ जनाले अंङ्ग भङ्ग हुनुको पिडा भोग्नु परेको छ । स साना घाउ चोटको कुनै तथ्यांक नै छैन ।  यस सन्र्दभमा औद्यौगिक दुर्घटनाबाट बच्न अनिवार्य रुपमा अपनाउनु पर्ने केही उपायहरुलाई बुंदागत रुपमा प्रस्तुत गर्ने जमर्को गरेको छु ।

 

१.   आफूले काम गर्ने कम्पनीको कामको प्रकृति, मेसिनको संचालन विधि, सुरक्षाकालागि अपनाउनु पर्ने विविध उपायहरुका बारेमा शुरुमा नै जानकारी लिनोस् ।

 

२.   व्यक्तिगत सुरक्षात्मक उपकरणहरु जस्तै कडा टोपी( हेल्मेट) , सुरक्षा जुत्ताहरु, सुरक्षा पञ्जा, डस्ट मास्क,ग्यास मास्क, सुरक्षात्मक पहिरन, सुरक्षा बेल्ट, सुरक्षा चस्मा, वेल्डिंड गर्दा अनुहार छोप्ने कवच, कानको सुरक्षा गर्ने ईयर मास्कको महत्वलाई पहिचान गर्नु होस् तथा कम्पनीको कामको वातावरणको आवश्यकता अनुसार अनिवार्य प्रयोग गर्नुहोस्र । ती उपकरणहरुलाई धारण तथा प्रयोग गर्ने विधि पनि सिक्नुहोस् ।

 

३.   आफू काम गर्ने कम्पनी तथा आफूले संचालन गर्ने मेसिनमा के कस्तो किसिमको सुरक्षात्मक उपकरण पहिरिनु आवश्यक पर्छ भन्ने बिषयमा कम्पनीको सुरक्षा अधिकारी, मालिक वा मेनेजर वा सहकर्मी समेतसंग पर्याप्त जानकारी लिनुका साथै, त्यस्ता उपकरणहरुको मांग गर्नुहोस् तथा प्रयोग गर्नुहोस् ।

 

 ४.   सुरक्षात्मक उपकरणहरु पुराना, थोत्रा वा काम नलाग्ने छन् भने त्यस्ता सुरक्षात्मक उपकरणहरु प्रयोग गर्नु जोखिमयुक्त हुन सक्छन् । त्यस्तो अवस्थामा नयां मांग गरी प्रयोग गर्नुहोस।

 

५.   सामान्य कम्पनीमा काम गर्दा पनि सुरक्षा जुत्ता, टोपी, मास्क, पञ्जा, एप्रोन ईत्यादि लगाएर काम गर्ने हो भने दुर्घटना तथा अंङ्ग भङ्गबाट बच्न सकिन्छ ।

 

६.   कुनै पनि मेसिन संचालन गर्दा ( खासगरि प्रेस गर्ने, कटिंग गर्ने, डाई गर्ने ईत्यादि) उक्त मेसिनमा सेन्सर छ वा छैन राम्रोसंग चेक गर्नुहोस् । मेसिनमा कुनै खराबी देखिएमा जबरजस्ती संचालन नगर्नु होस्, तुरुन्त सम्बन्धित  जिम्मेवार व्यक्तिलाई रिर्पोट गर्नुहोस् । मेसिन संचालनको कार्यविधि बारे कुस्त जानकारी लिनोस् । अधिकांश घटनामा हातमा चोट लागेको तथा अंगभंग भएको देखिएकोले यस तर्फ बिशेष सचेत रहनुहोस् ।

 

७.   कुनै पनि कार्यस्थलमा प्रवेश गर्नु अघि राम्रोसंग कार्यस्थलको जायजा लिनुहोस् । कहि कतै ग्यास, बिजुली ईत्यादि सर्ट छ कि ? कार्यस्थलमा कुनै आपतकालिन अवस्था परे निस्कने निकास तथा अपनाउनु पर्ने सुरक्षात्मक उपायका बारे पूर्ण जानकारी राख्नुहोस् ।

 

८.   कार्यस्थलमा मोबाईल नलैजानु होस् । कार्यस्थलमा मोबाईलको प्रयोग पनि दुर्घटनाको कारण हुन सक्छ । सहकर्मीसंग कामको समयमा अनावश्यक गफमा नरल्लिनुस ।  मेसिनमा अल्झिन सक्ने खालका गहनाहरु जस्तै: औठी, लकेट तथा घडी ईत्यादि नलगाउनु बेस । मेसिनमा अल्झिन सक्ने खाल्का लुगा नलगाउनुस् ।

 

९.   कार्यस्थलमा काम गर्दा घर घरायसी वा त्यस्तै अन्य बिषयमा नसोच्नु बेस । आफू जुन काममा व्यस्त छ, त्यसैमा ध्यान केन्द्रित गर्नुहोस् । अनावश्यक हतार नगर्नुस् ।

 

१०.  अनिदो नबस्नु होस्, पर्याप्त मात्रामा निदाउनुस तथा काम गर्दा प्रशन्नचित्त रहनु होस् । दुर्घटनाबाट बच्नुहोस् ।

              –लेखक सोलस्थित नेपाली राजदूताबासका श्रम सहचारी हुन् |

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...