Advertisement
SKIP THIS

नयाँ शक्तिको बहस र समिक्षा


बलराम पुन

 

सोल/कोरिया –  नयाँ शक्तिको बहस आलोचना र विरोध नेपाली राजनीतिको संस्कार  मौलाइरहेको बेला ‘नयाँ शक्ति’ को बहस र छलफल उठ्नु स्वभाविक र समय सापेक्ष् छ । आफ्नो नेतृत्वमा नयाँ राजनीतिक शक्ति निर्माण गर्न विविध साना-ठूला समुहहरू क्रियाशील रहेको भए पनि संभवतः व्यक्तित्व र राजनीतिक उचाइका कारण त्यस्तो शक्ति भनेकै ‘बाबुराम भट्टराईले निर्माण गर्न लागेको पार्टी’ भनेर छलफल गर्ने गरिएको छ ।

 

 

जे होस् यो छलफलबाट सम्भावित ‘नयाँ शक्ति’ हरूले मात्र नभई पुराना पार्टीहरूले पनि परिवर्तित माग अनुसार हुनेमा हामी बिस्वस्त छौ । नेपाली जनताको अपेक्षा एवम् बिग्रँदै गरेको राजनीतिक संस्कारमा आमूल परिवर्तनको आवश्यकतालाई थोरै नै भए पनि उजागर गरेर डा. भट्टराई ले जुन अभियान निरन्तर रुपमा अघि बढाई राख्नु भएको छ, यसमा हाम्रो सबै तरिकाले समर्थन छ नै । नेपालको राजनीति अनेक जालझेल र जालुसाजीले भरिएको भएता पनि नयाँ परिप्रेक्षमा त्यस्ता प्रवृत्तिले राष्ट्रलाई मात्र हैन स्वयम् उक्त दल र नेतृत्वलाई पनि हानी हुने निश्चित प्रायः छ ।

 

 

हाम्रो राष्ट्र अहिलेको विकास एवम् प्रगतीको दौडमा पुच्छार हुनुमा पनि विशेषतः अनैतिक नेतृत्व नै जिम्मेवार छ भन्ने जनताले पनि स्पष्ट बुझिसकेको हुनुपर्दछ । त्यसैले उच्च नैतिक धरातल भएका व्यक्तिहरूले नेतृत्व गरेको शक्तिले मात्र सम्पूर्ण नेपालीको मन जित्न सक्न छ भन्ने मा म पूर्ण आशाबादी छु ।  अब बन्ने नया शक्ति  उच्च नैतिक पूँजी सहितको आदर्श संस्था बन्छ भने अर्कोतिर असल नियतहरूको योगफलबाट पार्टी र सिङ्गो राष्ट्रले फाइदै-फाइदा ग्रहण गर्नेछ ।

 

 

आर्थिक अनुशासन, कुनै न कुनै श्रम प्रतिको आबद्धता, उच्च सामुहिक भावना भएको व्यक्तिहरूको सत्संग हुने वित्तिकै चुम्बकीय विशेषता अनुरुप नै त्यो शक्ति असल नियत भएका योग्य नागरिकहरूको संगम बन्न सक्छ । सांगठानिक हिसाबमा अब नयाँ बन्ने शक्तिका हरेक निकायमा बहस सहितको निर्वाचित केन्दि्रयता हुनुपर्दछ । तल्लो तहबाट माथिल्लो समिति निर्वाचित हुने तर हरेक घुम्ती एवम् मोडहरूमा सामुहिक बहस अन्तक्रिर्या एवम् सकारात्मक (आत्म) आलोचना सहितको निर्णय प्रकृया अपनाउनु पर्दछ ।

 

 

निर्वाचित भएको व्यक्ति नेता त हो तर तानाशाह हैन भन्ने सोचको प्रार्दुभाव जरुरी छ । पार्टीमा आउन इच्छुक जो कसैलाई परिक्षणपछि स्वागत गर्ने र आन्तरीक पार्टी जीवनमा पद अनुसार जिम्मेवारीको समयानुकुल परिक्षा गर्न छुट्टै अनुशासन समिती बोकेका युवाहरूलाई नेतृत्वमा निर्वाचित गरेर साठी वर्ष नाघेका अनुभवी नेताहरू माथिल्लो मर्यादाक्रमको अनुशासन समितिमा बसेर आवश्यक सुझाव-सल्लाह दिने र न्यायधिशको भूमिका निर्वाह गर्ने सगै अबको नया पार्टी पेवा मुखी नभएर सेवा मुखी हुनुपर्छ ।

 

 

पारदर्शी एवम् जनताप्रति उत्तरदायी नहुने जस्तोसुकै नितीले पनि अब राष्ट्रको सेवा गर्न सक्दैन । जुनसुकै नयाँ बन्ने शक्तिले पनि जनताले अनुभूत गर्ने गरी परिवर्तनकारी कार्यक्रमहरूको तर्जुमा गर्नुपर्छ । समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्न व्यक्तिगत कामलाई व्यवस्थापन गरेर प्रत्येक पार्टी सदस्य महिनाको एक दिन सामूहिक श्रममा जोडिनुपर्ने र सोही प्रकारका कार्यक्रमहरूबाट नमूना परियोजनाहरूका साथै पार्टीको आयस्रोतको पनि यथोचित व्यवस्था हुनेछ ।

 

 

पार्टीका कार्यक्रमहरू विपन्न वर्गीय जनताको जीवनस्तर उकास्न केन्दि्रत गर्ने, जनताका बिच लचिलो र विनम्रता अनि पार्टीभित्र फलाम जस्तै कडा तर सिर्जनशिल बहस सहितको अनुशासन, गलत प्रवृत्तिको निषेध एबम निष्कासन, समयानुकुल पारदर्शीता, सांगठनिक जिम्मेवारीहरूमा एक व्यक्ति एक पद एक कार्यकालको व्यवस्था जस्ता कार्यनीतिहरू अवलम्बन गर्नुका जुनसुकै राजनीतिक पार्टीको सफलताको सुत्र हुन सक्छ । विशेषतः नीति निर्माण गर्ने नेतृत्वले के स्पष्टः बुझोस् भने असल भएपछि राजनीतिक रुपमा सफल अवश्य भइनेछ ।

(लेखक आदिवासी जनजाती महासंघ द. कोरियाका महासचिब र  नयाँ शक्ति  नेपाल द.कोरिया का प्रमुख अभियान कर्ता हुन् ।)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...