Advertisement
SKIP THIS

आत्मनिर्भर बन्न सिकौं


स्नेहा लामा

अहिले देश संकटको घडीमा छ । भूकम्पले क्षतविक्षत भएर उठन नसकेको अवस्थामा छिमेकी मुलुकबाट गरिएको अघोषित नाकाबन्दीको मारमा पिल्सिन वाध्य छौं हामी नेपाली । प्राकृतिक स्रोत साधन र  भौगोलिक दृष्टिकोणले अति धनी हामी अरुकै भरमा परेको कारण विचल्लिमा परेका छौं ।
राज्य पुन संरचना आयोगले प्रस्ताव गरेको १४ प्रदेशलाई आधार मानेर समाधान खोज्ने हो भने तुरुन्त देशले निकास पाउने देखिन्छ। यो नै दीर्घकालीन समाधान हुन सक्छ। यसो गरे भैरहेको आन्दोलन र हुनसक्ने आन्दोलनका लगभग सबैको माग समेटिन जान्छ। बरु प्रदेशको नामांकन अहिले झैं प्रदेशलाई नि टुंगो लगाउने गरि ब्यबस्थापन गर्न सकिन्छ। पहिला त यो बिज्ञहरुद्वारा प्रस्तावित सिमांकनमा प्रदेशको निमित्त आधारभुत आवश्यकतालाई ध्यानमा राखी बनाइएको छ भने अहिले भारतको शर्त मान्नु भन्दा आन्तरिक आयोगले प्रस्ताव गरेको खाकालाई सर्वसम्मत पारित गरि लागू गरे राष्ट्रिय स्वाभिमान र संकट दुबैबाट मुक्त हुने अवसर प्राप्त हुन्छ।
यसो नगरे ढिलो चाँडो सरकारले भारत सामु घुँडा टेक्ने स्थिति आउँछ नै। अनि मधेस अन्दोलनको नाउँमा भारतको शर्त शिरोधार्य गर्नु सिवाय केही उपाय रहन्न। त्यस पछि मधेस आन्दोलनले थलिएको देश माथी थारुहरुको अन्दोलन, जनजातीहरुको आन्दोलन क्रमशः लाइनमा आउँछ । अनि देश र जनताको हालतको कल्पनासम्म पनि गर्न सकिन्न । जहाँसम्म लाग्छ यो देश शान्त नहुने कुरामा बिदेशी शक्ति भन्दा पनि आन्तरिक नेतृत्वको नै जिम्मेवार देखिन्छ। नत्र यो कुर्सीको खेलमा जनता कहिलेसम्म पिसिने हो? भावना र आवेश हैन तथ्य र बस्तुपरक सोचले अघि बढे मात्र सहि समाधान निस्कन्छ।
मेरो बिचारमा,  तराईको कारण नाकाबन्दी भएको अवस्य होइन । राज्य विखण्डन हुने माग किन पुरा गर्ने ? उच्च स्वाभिमान बोकेका विश्वमा चिनिएका बीर गोर्खालीका सन्तान हामी नेपाली आखिर भारतसँग झुक्नुपर्ने कुनै कारणै छैन । बरु भारत नेपाल सिमानामा तार बार या पर्खाल लगाएर बारौं अनि आफ्नै देशका खानीबाट चाहिने सामान उत्खनन गरौं, जलस्रोतको धनी हामी आफ्नै खोलानालाबाट जलविधुत आयोजना सुरु गरौं । सौर्य उर्जाको विकाश गरौं । तराइ माग स्वत पुरा हुन्छ । अरुमा आत्मनिर्भर भएकै कारण आज देशको यो गति भएको छ । हामी कुरा गर्ने मात्र नभई सबै जातजाती, राजनीतिक दल एक भएर यो बेला आत्तिनु भन्दा आफ्नै माटोमा विकल्प खोजौं ।

लेखिका हाल दक्षिण कोरियाको छाङवनस्थित बैदेशिक रोजगार सहयोग केन्द्रमा कार्यरत छिन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...