Advertisement
SKIP THIS

मजदुरको हकहितका लागि केसिटियुले भोली आम हडताल गर्ने


फोनिज कोरिया संवाददाता,सोल-प्रजातान्त्रिक मजदुर महासंघ केसिटियुले विभिन्न मागहरु राख्दैं भोली आमहडताल गर्ने भएको छ ।

मजदुरहरुले आफनो माग पुरा गर्न दक्षिण कोरिया सरकारसंग माग गदैं आर्थिक स्तर बृद्दि साथै आफनो हकअधिकारको प्राप्तिको लागि सर्घष गर्न, २४ तारिख सबैले कम्पनीमा पन्जा फुकाली मेसीन बन्द् गर्न केसिटियुले आवहान गरेको छ ।आन्दोलनलाई सफल पार्न केसिटियुले भोली विभिन्न ठाउमा भेला भई विरोध गर्ने कार्यक्रम समेत घोषणा गरेको छ ।

केसिटियुले अस्थायी मजदुरले २ बर्ष काम गरेपछि स्थायी गर्नुपर्ने, हालको नियमलार्इ सशोधन गरि ४ बर्ष काम गरेपछि मात्र स्थायी गर्ने ,स्थायी मजदुरलार्इ जुनसुकै अवस्थामा निस्कासन गर्न पाउने, ५५ बर्ष माथिको मजदुरहरूलार्इ जुनसुकै कम्पनीमा पठाउन सक्ने , तलब बृद्दि गर्ने नियममा परिबर्तन गर्ने, काम गर्ने समयमा परिबर्तन गर्ने लगायतको बिषयलार्इ लिएर सरकारले परिबर्तन गर्न लागेको मजदुर नितिको खारिज गर्न माग गदैं मजदुरहरु आन्दोलित भएका हुन ।

केसिटियुले कामदारको न्युनतम ज्याला प्रति घन्टा १० हजार वन हुनु पर्ने, सबै मजदुरहरूको मजदुर अधिकार सुनिश्चित गर्नको लागि मजदुर कानुनको धारा २ को सशोधान हुनुपर्ने , सार्बजनिक कोष मजबुद बनाउनुपर्ने , मजदुरहरूलार्इ शोषण गरी ठुलो कम्पनीहरूलार्इ मात्र बढि मुनाफा हुने् खालको निति खारेज गर्नुपर्ने मागहरु राख्दैं भोलि अर्थात अप्रिल २४ तारिख आम हडतालको घोषणा गरेको हो।

यो आम हडतालमा प्रवासी मजदुरको समेत सर्मथन रहनुको साथै सहभागी आन्दोलनमा सहभागी भइदिन आग्रह समेत गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...