Advertisement
SKIP THIS

नेपालीको एकता, अहिलेको आवश्यकता


साजन शर्मा
मेरो प्यारो सुन्दर देश नेपाल बहुजाती, बहुभाषा बहुधर्म र बहु संस्कृतिले भरिएको देश हो | संसारको मान चित्रमा नेपाल शान्तिका प्रतीक गौतम बुद्धको जन्मभुमि भनेर अंकित रहेको छ | तर कहिले त्यहि बुद्धलाई हाम्रो भनेपछि बिगत केही बर्षदेखि यो भ्रम हटाउने अभियान चलाउनु परेको छ | यसै अन्तर्गत हामिले शान्तिका दुत भगवान बुद्ध  नेपालमा जन्मेका हुन भनेर बिश्व लाई भ्रम मुक्त बानाउन अभियान चलायौं |

 

 

अहिले संसारका धेरै  मान्छेले शान्तिका दूत कहाँ जन्मिएको भनेर सोध्दा नेपाल भनेर भन्छ्न तर आज त्यहि  शान्तीको प्रतीक भएको  देशमा अशान्ती  छ । नेपाली आमाका दाजुभाइ आमाको कोमल शरीर माथी हारालुछ गरिरहेका छ्न । कोहि  तराइ कोहि पहाड कोहि  हिमाल भनिरहेका छन् | लाग्छ अंश  पाउन कुनै बाबुको छोराहरु बीच हानाहान र हारालुछ भै रहेको छ |
रामायणमा रावणसंग  सुनकै देश भगवान राम भन्दा धेरै सैनिक धेरै बलवान् हुदाहुदै पनि आफ्ना भाइले साथ नदिदा पराजित हुन गयो भन्छ्न त्यसरीनै हाम्रो अहिलेको आवश्यकता नै नेपाली भाइभाइ बिच एकता हो । जबसम्म हामी एक छौ भारत त के कसैले पनि हाम्रो स्वाभिमानलाई मिच्न सक्दैन । ए मेरा दाजुभाइ हो हामी न फुटौ अहिले हामी लाई एकताको खाचो छ । हामी जातीय कुरा नगरौ हाम्रो जात नेपाली हो,हामी राज्यको कुरा नगरौ हाम्रो रास्ट्र नेपाल हो । हिजो भर्खर नेपालमा महा भुकम्प गयो हामी नै एक अर्काको सहारा थियो, म बिर्सिन सक्दिन त्यो क्षणहरु |
कालो दिन जस्ले मेरो सुन्दर देश नेपाल लाई अँध्यारोमा पारी रगतको आँसु झार्न बाध्य बनायो । त्यो विनाशकारी भुकम्पले पनि हामी नेपाली दाजु भाइको सम्बन्ध  र माया झन गाढा बनाएको  छ । हामी जुनसुकै जातीको भए पनि तराई पहाड हिमाल जहाँ को भए  पनि हामी हाम्रो प्यारो देश नेपाललाई माया गर्छौ र हामी फेरि देश बिदेशबाट एकजुट भै उठ्ने छौ ।
हिजो हामी शान्तिका दूत  बुद्ध नेपालमा जन्मेको हो भनेर चिनाएका थियौं  अझै पनि हामी जुट्नुको सट्टा फुट्यौं भने देशमा अशान्ति भो भने   स्वयम भगवान बुद्ध पनि एक पटक सोच्न बाध्य हुने छ्न कि मेरो जन्म स्थान नेपाल हो कि भनेर ..??
शर्मा एनआरएन कोरियाका युवा प्रतिनीधि हुन् |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...