Advertisement
SKIP THIS

ईपिएस मजदुरलाई जलविद्युतमा लगानीको अवसर जुटाउने उदेश्यका साथ् बैदेशिक रोजगार बिभागले माग्यो सुझाव


 

12244133_10208183102801112_1209253709_n

 

 

 

 

सोल – रोजगारीको सिलसिलामा दक्षिण कोरियामा कार्यरत र  कोरियाबाट फर्केका नेपालीहरुलाई जलविद्युत परियोजना निर्माणमा लगानीको अवसर जुट्ने भएको छ । इपीएस कोरिया शाखाको समन्वयमा उनीहरुको प्रत्यक्ष लगानीमा जलविद्युत परियोजना निर्माणको अवधारणा अघि बढाइए पछि लगानीको अवसर जुटने छ ।

 

 

 

पहिलो चरणअन्तर्गत कोरिया शाखाले कोरिया रिटर्नीको प्रत्यक्ष लगानीमा विद्युत उत्पादन परियाजनाको सम्भाव्यताका लागि सरोकारवालासँग सुझाव मागेको छ । जलविद्युत उत्पादनको सम्भावना हुँदाहुँदै मागनुसारको उत्पादन र आपूर्ति हुन नसक्दा मुलुकले गमभीर ऊर्जा अभाव झेल्नु परेको भन्दै कोरियामा कार्यरत र काम गरी फर्केकाहरुसँग रहेको पूँजी, शीप र अनुभवलाई जलविद्युत उत्पदानमा लगानी गर्न पहल थालिएको शाखाका निर्देशक डिल्लीराम बास्तोलाले बताए ।

 

 

 

 

बैदेशिक रोजगार बिभाग ईपिएस शाखा ग्वार्को ललितपुरले मागेको सुझाव :-

 

 

 

कोरिया रिटर्नीहरुको प्रत्यक्ष लगानीमा जलबिद्युत परियोजना निर्माण संभाव्यता सम्वन्धमा सुझाव उपलव्ध गराइदिने बारेको सूचना

राज्यले बिद्युत उत्पादन, प्रशारण तथा वितरणमा स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न नीतिगत एवं संस्थागत व्यवस्था गरेको छ । साथै आयोजना प्रवर्धकहरुलाई विभिन्न प्रकारका सुविधाहरु प्रदान गर्दै आएको छ ।

देशमा प्रचुर मात्रामा जलबिद्युत उत्पादनको संभावन हुँदाहुँदै पनि पर्याप्त मात्रामा बिद्युत उत्पादन गरी माग अनुसारको आपूर्ति गर्न नसक्दा मुलुकले गंभिर उर्जा अभाव झेल्नु परिरहेको छ । वर्तमान समयमा उर्जा अभावले समग्र राष्ट्रिय जीवनमा गंभिर नकरात्मक प्रभाव परेको सर्वत्र महशुस भएकै छ ।

उल्लेखित सन्दर्भमा गणतन्त्र कोरियामा कार्यरत र काम गरी फर्केका उत्साही राष्ट्रप्रेमी युवाहरुले विभिन्न सन्दर्भमा लगानी मैत्री वातावरण र आवश्यक समन्वयका लागि गरेको अनुरोधलाई ध्यानमा राखी उनीहरुसँग रहेको पुँजी ,सीप र अनुभवलाई जलबिद्युत जस्तो उच्च प्रतिफलयुक्त क्षेत्रमा आर्कर्षित गरी रोजगारी सिर्जना ,आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले सानो जलबिद्युत आयोजना (२ देखि १० मेघावाट सम्मको ) पहिचान गरी वैदेशिक रोजगार आर्जित विपे्रषण सम्बद्घ नमुना परियोजना निर्माण गर्नका लागि यस कार्यालयबाट श्रम तथा रोजगार मन्त्रालय तथा सरकारका अन्य सम्बद्घ निकायसँग समन्वय गरी सहयोग पुर्याउने  सोच भएकोले त्यस्तो उपयुक्त परियोजनामा लगानी गर्न वा व्यवस्थापन कार्यमा सहयोग गर्न इच्छुक कोरियाबाट फर्केका वा कार्यरत कामदारहरुको फोरम निर्माण गरी त्यस्तो फोरम मार्फत परियोजना पहिचान तथा विश्लेषण गरी परियोजनाको संचालन तथा व्यवस्थापन गर्दा के कस्तो होला, त्यस्तो परियोजनाका लागि श्रोत व्यवस्थापन के कसरी गर्न सकिएला भन्ने सन्दर्भमा अविलम्व रचनात्मक सुझाव उपलव्ध गराइ दिनु हुन ई.पी.एस. कोरिया शाखा विनम्र अनुरोध गर्दछ ।

ई.पी.एस. कोरिया शाखा आफैँ त्यस्तो परियोजना संचालनमा प्रत्यक्ष संलग्न हुने होइन , सम्बद्ध पक्षबीच फोरम निर्माण गर्न सघाउने , त्यस्तो फोरमले आयोजना गर्ने छलफल कार्यक्रममा सहजीकरण गर्ने गराउने ,त्यस्तो फोरमले गरेको निर्णय कार्यान्वयनमा आवश्यक संस्थागत संरचना तथा बैधानिक प्रकृया मस्यौदामा सहयोग गर्न सम्बन्धित सरकारी, गैरसरकारी निकायहरुसंग समन्वय गर्दै एउटा वैदेशिक रोजगार सम्बद्घ नमुना परियोजनाको रुपमा त्यस्तो परियोजना कार्यान्वयनमा उत्पे्ररित गर्र्नेे सोच रहेको व्यहोरा अनुरोध छ । प्राप्त सुझावको विश्लेषण गरी छिट्टै थप गृहकार्य गरिने व्यहोरा समेत अनुरोध छ ।

 

सुझावको लागि ठेगाना :-
वैदेशिक रोजगार विभाग, ई.पी.एस.कोरिया शाखा ,ग्वार्को ललितपुर ।
email : [email protected]

 

[email protected]

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...