Advertisement
SKIP THIS

कठ्पुतली मेचमा राख्दैमा आधा आकासको उत्थान होला ?


बन्दना छाङ्छा

नेपाली माटोको अगाध माया र सम्मान हुँदाहुँदै पनि बिदेशिनु बाध्य भएर संसारभर छरिएका हामी नेपाली कति हौँला, यहाँ यकिनका साथ भन्न नसकुँला । तर, तिनीहरुमध्येका एक म पनि हूँ । झण्डै आधा दशक हुन लागेछ- म कोरिया आएको पनि ! यहि दौडाहमैं रहँदा केही सुनौला इभेन्टहरु हेर्ने/सुन्ने मौका पनि पाएँ । आज यहाँ त्यही एउटा एतिहासिक प्रसंगको कुरा राख्न मन लाग्यो, त्यसैले यो लेख लेख्दैछु !

 

आजभन्दा लगभग तीन वर्षअघि सन् १९ डिसेम्बर २०१२ को कुरा हो । दक्षिण कोरियामा कार्यकारी राष्ट्रपतिको चुनाव हुँदैथियो । यहाँका जनताहरुमा एकप्रकारको खुशिको इन्द्रेणी प्रसस्त देख्न पाइन्थ्यो । लाग्थ्यो- उनीहरु देशलाई अझ उन्नत अझ समृद्ध बनाउन चाहन्छन्, त्यसैले आफुले रोजेको कार्यकारी राष्ट्रपति उमेद्द्वरीलाई मतदान गर्न आतुर छन् । नभन्दै कोरियाको इतिहासमैं पहिलोचोटी एउटी नारी देशको प्रमुख बनिन्, सरकार चलाउने भइन् । मलाई पनि खुशी नलाग्ने कुरै थिएन । एउटी नारी हुनुको नाताले । उनी हुन्, अहिलेकी दक्षिण कोरियाली राष्ट्रपति पार्क कुन्ह हे । धेरैलाई थाहा छ, उनको नाम । करिब २ करोड कोरियन चुनाबमा सहभागी भए । त्यतिका धेरै जनताको सहभगितामा इलेक्सन हुँदा पनि यति सरल र शान्तिपूर्ण सम्पन्न भएको थियो कि म कसरी ब्यक्त गरौं, अलमल्ल परें । त्यो आफ्नो दैनिकी काम-काज यानिकी डिउटी पनि सबैले गरेकै थिए । मात्रै, ३ घन्टाको बिदा लिएको देखेथें ।

 

२ फेब्रुअरी १९५२ थेगुको कुमीमा जन्मिएकी साहासिक नेतृ PARK GUEN HEY ले सौनुरी(SAUNUREE) पार्टीका तर्फबाट आफ्नो उम्मेद्वारी दर्ज गर्दै कोरियाली राजनैतिक इतिहासमै एक करोड पचपन्न लाख तिरहत्तर हजार एक सय अठठाईस(१,५७,७३,१२८), ५१.६ % मत प्राप्त गर्दै प्रतिद्वन्दी Democratic United पार्टीका MOON JAE IN (१,४६,९२,६३२ मत ४८.०% ) मै रोक्दै अघि बढिन् । त्यो क्षण कोरियाली को लागी हर्सोल्लसको दिन थियो । यसकारण कि आफ्नो सरकार-प्रमुख आफैले चुनी देशको भबिस्य निर्धारण गर्ने दिन नयाँ तरिकाले आएको थियो । उनको कार्यकालका तीन वर्ष बितिसके । अहिलेसम्म पारदर्शी र मितब्ययी बिदेश निति, विश्व-भाईचारा सम्बन्ध विकास गर्ने, संसारकै निन्द्रा गायब गर्ने क्यान्सर टेरोरिजम जस्ता समस्याको हलमा पहली कदम चाल्ने निति, सन् २००८ बाट लागेको विश्वब्यापी आर्थिकमन्दीले थलिएको विश्व-अर्थतन्त्रलाई उकास्न भुमिका खेल्दै कोरियाको आर्थिक विकसमा बिभिन्न बजेट प्रस्तुत, महिला निति, जेष्ठ नागरिक निति, पर्यटन निति, औद्योगिक जस्ता उच्च कोटीका नीति ल्याइन् ।

 

केही समय अघि नेपालमा पनि कार्यकारी राष्ट्रपतीको कुरा चल्दैथियो । म सोच्ने गर्थें- यस्तै दिन अब मेरो देशमा पनि चाँडै आउदैछ । नेपालमा नेपालीले नै आफ्नो भविष्य निर्धारण गर्ने वातावरण बन्दैछ । तर होइन रहेछ, जव कागजको खोस्टो जस्तो संविधान आयो असोज २ गते । मैले कहिल्यै विदेश नआउने गरी नेपाल फर्किने लिएको अडान पनि पलभरमै चकनाचुर भए । राष्ट्रपतिय सिस्टममा शासकीय स्वरुप बद्लिएला, अनि आफैले रोजेको उमेद्द्वरलाई भोट दिउँला । ५ वर्ष ढुक्कले सरकार चलाउला । अहिलेको भन्दा केही विकास गर्ला । केही परिवर्तन गर्ने आधारहरु तय गरिदेला । हामी विदेशमा श्रम बेच्न हिँडेकाहरु पनि आफ्नै देश बनाउनका लागी फर्किनेछौं । विदेशी लगानी भित्राएर भएपनी नेपालमा उध्योग, कलकारखाना देख्न पाइएला । रोजगारीको ग्यारेन्टी होला भनेको त, कहाँ नयाँ बोतलमा उही पुरानो रक्सी !

 

नेपालमा फेरी पनि उही दुई-चार जना घुम्ने मेचका अन्धो मानिसका हालीमुहाली चल्ने सिस्टम यथावत् रहेछ । जाबो नेपालीलाई विदेशीकै गुलामी बन्न जुरेको रहेछ । २१४ र ३२७ इजिकल्टु कति करोड होला ? त्यतिका भोटर भएको चुनाबमा कति समय खर्चिए होलान् ? पुरै दिन खर्चिए कि चुनाबी समय (२/३ घन्टा) ! त्यसपछि आ-आफ्नो कार्यमा लागे कि, पुरै दिन त्यही झुन्डिरहे होलान् ! महिलालाई राष्ट्रप्रमुख बनाइएछ खुशीको कुरो हुनसक्छ हाम्रो लागी ! तर, एक जना महिलालाई मथिल्लो ओहदामा ठेलठाल गर्दैमा सम्पुर्ण महिलाको उत्थान हुन्छ भन्ने कुरामा बिस्वास गर्नु मुर्खता भएकोले म अहिल्यै बधाई दिन सक्दिन । कठ्पुतली मेचमा राख्दैमा अर्थात् बस्दैमा आधा आकास ढाकिबस्ने नारीको उत्थान, संरक्षण र प्रतिनिधित्व हुन्छ भनेर मैले कसरी विस्वास गरुँ ?

हाल : दक्षिण कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...