Advertisement
SKIP THIS

नेपाल सम्बतको अबसरमा हेटौँडामा बिबिध कार्यक्रम


अशोक सुजन श्रेष्ठ
हेटौँडा-नेपाल सम्बत नयाँ बर्ष ११३६ को अबसरमा हेटौँडामा बिबिध कार्यक्रम गरिएका छन् । आज(सोमबार) बिहान हेटौंडामा प्रबचन कार्यक्रम र झाँकी सहितको साईकल र मोटरसाइकल ¥याली निकालिएको हो । उद्घाटन कार्यक्रम साँसद लक्षण राजबंशीको प्रमुख आतिथ्य तथा नेपाल सम्बत् ११३६ नयाँ बर्ष आयोजक मूल समारोह समितिका संयोजक बिष्णुगोपाल महर्जनको अध्यक्षतामा कार्यक्रम भएको थियो । उद्घाटन कार्यक्रमपछि पल्पसा सभागृहबाट नेवारी धिमे बाजा, बैण्ड बाजासहित निकालिएको साईकल र मोटरसाईकलसहितको ¥याली हेटौँडा बजारको परिक्रमापछि पल्पसा सभा गृहमै पुगेर बिबिध साँस्कृतिक कार्यक्रम गरिएको थियो ।

 

कार्यक्रममै उत्कृष्टहरु र्यालीतर्फ प्रज्ञा महाबिहार हेटौँडा, टोलतर्फ संगमचोक, स्वागत्तर्फ लायन्स क्लब अफ भुटनदेवी र त्रिखण्डेश्वर मन्दिर बिकास समिति घोषणा गरि मायाँको चिनो र कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा स्थानीय तथा काठमाडौँबाट आएका कलाकार तथा किशोर, युवाको नेवाः अर्केष्टा टोलीको पनि प्रस्तुती रहेको थियो । कार्यक्रममा नेवार, गुरुङ्ग, मगर, थारु जातिका प्रतिनिधिले जातीय पहिरनसहित सहभागिता जनाएका थिए भने अन्य जातिका सर्वसाधारणपनि कार्यक्रममा सहभागि थिए । कार्यक्रमअघि नेवारी परम्परा अनुसार टिका लगाई प्रसाद र सगुन वितरण गरिएको थियो ।

 

उद्घाटन कार्यक्रममा नेकपा एमालेका जिल्ला संयोजक रामचन्द्र राई, नेवाः देय् दबु मकवानपुरका अध्यक्ष देवप्रसाद श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा नेवाः साँस्कृतिक पुचः मकवानपुरका सल्लाहकार बीके महर्जनले नेपाल सम्बत्को ईतिहास र महत्वबारे बताउनु भएको थियो ।

 

उद्घाटन कार्यक्रममै एनेकपा माओवादीका जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामी, राप्रपा नेपालका जिल्ला अध्यक्ष नवराज बिष्ट, नेकपा मालेका जिल्ला सचिव भिमसेन महत, राप्रपाका सिताराम बर्तौला, संघीय समाजवादी फोरमका बिद्युत बज्राचार्य, जिल्ला बिकास समिति मकवानपुरका रामकृष्ण थापा लगाएतको आतिथ्य रहेको थियो ।

 

¥यालीमा नेपाल आदिबासी जनजाति महासंघ मकवानपुरका उपाध्यक्ष जानकी चौधरी, सहसचिव जंगबहादुर गुरुङ्ग, नेपाल भाषा खलःका अध्यक्ष मंगलकृष्ण मानन्धर लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधि र सर्वसाधारणको सहभागिता रहेको थियो ।

 

नेपाल सम्बत्को नयाँ बर्ष ११३६ कै अवसरमा कात्तिक २५ गते हेटौँडामा सुकुन्दा र्याली र २६ गते आत्म शुद्धीका लागि सामूहिक म्हः अर्थात् आत्मा पूजा गरिने बताईएको छ । नेपाल सम्बत्लाई बिक्रम सम्बत् २०६५ सालमै सरकारले राष्ट्रिय सम्बत्को रुपमा मान्यता दिने निर्णय गरेको थियो । नेपालमा राष्ट्रिय सम्बत्को रुपमा बिक्रम सम्बत संगै मानदेब सम्बत्, शंख सम्बत् र नेपाल सम्बत् समेत चलनचल्तीमा ल्याईएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...