कोरियामा चलचित्र ‘इच्छा’ सफलतापूर्बक प्रदर्शन
नोमराज गुरुङ
कोरियामा नेपाली चलचित्र ‘ईच्छा’ सफलतापूर्बक प्रदर्शन भएको छ । स्याङ्जा परिवारले नया वर्ष २०७२ को अवसर पारेर गएको अप्रिल १२ मा ‘इच्छा’ सोल दोङेमुन शहरमा प्रदर्शन गरेको थियो ।
‘हाम्रो स्याङ्जा घर’ दीर्घकालीन रुपमा सञ्चालन गर्ने र नया वर्ष २०७२ मा थकित मनलाई मनोरञ्जन दिने उद्देश्यले सोलको जोङ्गरो कुमिन ह्वोग्वान (दोङ्गदेमुन) मा चलचित्र प्रदर्शन गरिएको हो ।
चलचित्र सोको उद्घाटन एनसिसि कोरियाका अध्यक्ष लोचन राईले पानसमा दियो बालेर गर्नुभएको थियो । सो अवसरमा बोल्दै राईले स्याङ्जा परिवारले चलचित्र ‘इच्छा’ प्रदर्शन गरेर सोबाट हुने आम्दानी स्याङ्जा घर सञ्चालनमा खर्च गर्ने उद्देश्य सरहानिय रहेको बताउनुभयो ।
नेपालबाट कोरिया आई विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुले चलचित्र ‘इच्छा’ हेरेर मनोरञ्जन लिएका थिए । साथै चलचित्र प्रदर्शनको लागि कोरिया स्थापित विभिन्न संघ–संस्थाका प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।
एउटा परिवारको हरेक सदस्यहरुमा आ–आफ्नै इच्छा र स्वतन्त्रता हुने बिषयलाई मुख्य कथा बनाईएको चलचित्र इच्छामा कलाकार दयहङ् राई, सुवास थापा र शिखा शाहीको मुख्य अभिनय रहेको छ भने चलचित्रको निर्देशन मदन घिमिरेले गरेका हुन् ।
चलचित्र हेरेर कोरियामा रहेका नेपालीहरुले मनोरञ्जन मात्रे लिएनन् बरु स्याङ्जा परिवारको सोलको दोङ्देमुनमा सञ्चालित स्याङ्जा घर सञ्चालानर्थ आर्थिक सहयोग प्रदान पनि गरेका छन् ।
जसमा लक्ष्मी लामा गुरुङ् पूजा रेष्टुरेण्टले १ लाख ५१ हजार वन, स्याङ्जा परिवार दक्षिण कोरियाका अध्यक्ष धर्म गुरुङ्, कोषाध्यक्ष टेक राना र सदस्य धर्म सिं रानाले नगद १/१ लाख वन सहयोग प्रदान गर्नु भएको छ । त्यस्तै हिमानी गुरुङ्, याम गुरुङ्, कुमार थापा, मित्रबन्धु काफ्ले, मिलन राना मगरर, युवराज गुरुङ्, प्रेम थापा, नरेन्द्र गुरुङ्, गुरुप्रसाद कोइराला, हेम थापा मगर, मणिप्रसाद खनाल, रमेश भट्टराई, बेदना आले, अमित राना, सम्झना राना, सतिश गुरुङ्, मोति गुरुङ्, जुनु गुरुङ् र भिम गुरुङ्ले ५०/५० हजार वन प्रदान गर्नुभएको छ ।
त्यस्तै संस्थागत रुपमा बौद्ध परिवार दक्षिण कोरियाले ८१ हजार वन, ओखलढुङ्गा सेवा समाज, नेपाल तामाङ संघ, नेपाली जनअधिकार मञ्च, एनआरएन कोरिया, गुल्मी सम्पर्क समिति, थकाली सेवा समिति र एभेरेष्ट एफ.सी.ले ५१/५१ हजार वन प्रदान गर्नुभएको छ ।
त्यसैगरी खोटाङ् सेवा समाज, किराात राई यायोक्खा, वमन फर वमन, ठकुरी समाज, नेपाल मगर संघ, रुपन्देही सम्पर्क समिति, ग्लोवल तेह्रथुम समाज, झापा मिलन समाज, सुदुर पश्चिम समाज, काभ्रे सम्पर्क समिति, नमस्ते पाल्पा परिवार, नागर्जुन गुम्बा, जनजाति महासंघ, तनहुा सम्पर्क समिति, नेपाली सम्पर्क समिति, बाग्लुङ सम्पर्क समिति, कास्की परिवार,र तमु धीा कोरियाले ३१/३१ हजार वन सहयोग प्रदान गर्नुभएको छ ।
त्यस्तै व्यक्तिगत रुपमा खड्कबहादुर पुन, लिपक कुमार शर्मा, एकबहादुर गुरुङ्, क्षेत्र गुरुङ्, बिष्णु ढकाल, होबिर थापा, राजु भण्डारी लगायतले ३०/३० हजार वन सहयोग प्रदान गर्नुभएको परिवारका अध्यक्ष धर्म गुरुङ्ले जानकारी दिनुभयो ।
चलचित्र प्रदर्शनबाट आम्दानी हुने रकम ‘हाम्रो स्याङ्जा घर’ सञचालनार्थ खर्चिने पनि गुरुङ्ले बताउनुभयो ।