Advertisement
SKIP THIS

मैले भोगेको कोरिया


निश्चल काउचा

म कोरिया प्रवेश गरेको अघिल्लो हप्ता ३ वर्ष पुगेछ | अब त मेरो देश फर्कन २२ महिना बाकी रहेछ | मसंगै काम गर्ने कोरियन काका ( किम) धेरै चोटी सोध्नु भएको छ | ”त तेरो देश फर्के पछि के गर्छस”? म नाजवाफ छु | प्राय हासेर तारी दिन्छु | उनले धेरै चोटी भनेको पनि सुनेको छु | हामी कोरियनहरु पनि पहिले लिविया देखि गल्फ देशहरुमा श्रमको लागि जाने गर्‍थ्‍यौं | त्यहाँ गएर हामीले पैसा भन्दा पनि सिप सिकेर आयौ अनि आफ्नै देश फर्केर काम सुरु गरेयौ | अहिले हाम्रो देशले लाखौ बिदेशीहरुलाई रोजगार दिएको सुनाउदै तिमीहरु पनि अब आफ्नै देशमा फर्केर सानो तिनो कारखाना खोलेर काम सुरु गर्नु पर्छ भनिरहदा ५ दशक पहिले कोरिया भोकमरीको चपेटामा पर्दा हाम्रो देशले चामल दिएर सहयोग गरेको सम्झे |

५ दशक अगाडी भोकमरीमा परेको देश अहिले बिकासको छलाङ्ग मारेर कहाँबाट कहाँ पुगी सक्यो | डिग्री पास गरेका गोरखाका नगेन्द्र थापा (२९) एक महिना अघि कोरिया आए | अहिले उनले एक टनेल हाउसमा काम गर्छन | उनि कोरिया आउन रहर थिएन | बाध्यता थियो | डिग्रीको सर्टिफिकेट हातमा हुदा हुदै पनि आफ्नो देशमा रोजगारीको अवसर छैन | कतै रोजगारी खुले पनि नातावाद , कृपावाद र पैसावादले आक्रन्त छ नेपाली प्रशासन तन्त्र | हातमा डिग्रीको सर्टिफिकेट हुदा हुदै कोरिया आउने नगेन्द्र एक्ला होईनन यहाँ यस्ता नगेन्द्र थुप्रै छन् |

कोरियामा पछिल्लो चरणमा औधोगिक दुर्घटना पनि बददो छ | हुन त कोरियामा नेपालीको संख्या दिनानुदिन बढिरहेको छ | प्राय दुर्घटना नेपालबाट आएको २/३ महिनामा हुन्छ | नेपालबाट कोरिया आउन भन्दा पहिले भैसेपाटीमा एक हप्ते तालिम दिइन्छ र कोरियन भाषा परिक्षा अनिवार्य रुपमा पास पनि गर्नु पर्छ तर नेपाल सिकाईने भाषा निकै उपल्लो लेवलको सिकाईन्छ | जुन भाषा कोरियाका कम्पनीमा काम गर्दा बोलीदैन | त्यसमाथि यहाँको लोकल टङ्ग मिल्दै मिल्देंन |

नेपालमा भाषा सिकाउदा र तालिम दिदा ब्यवहारिक रुपमा दिन सके पक्कै पनि दुर्घटना कम गर्न सकिन्छ | नेपालमा कहिले पनि नदेखेको मेसिन चलाउनु पर्ने त्यस माथि कोरियनहरु अलि कडा मिजास हुने र छिटो – छिटो काम गरोस भन्ने चाह राख्छन | यसकारण पनि शुरुको महिनामा बदि दुर्घटनाको चपेटामा पर्ने सम्भावन हुन्छ |

जता ततै सफा र चौडा सडक सार्वजनिक यातायात देखि सपिङ्ग मल देखि रेस्टुरासम्म कतै पनि स्वदेशी होस् बिदेशी विना भेदभाव सेवा पाईन्छ | पुरुष होस् या महिला मध्यरात पनि निस्फिक्री सडक या गल्लीहरुमा हिडन सकिन्छ | ट्रेन या बसमा कहिलेकाही वालेट या पर्स झरेमा त्यस भित्र ठेगाना खुल्ने कुनै कागजात भए आफुले काम गर्ने कम्पनीमै हुलाक देखी आईपुग्छ |

कुनै कम्पनीले समयमा तलव दिएन भने जव सेन्टर गएर निवेदन दिएमा तलव नपाइने चिन्ता हुदैन | नेपालबाट आएको कम्पनी मन नपरेमा साहुको सहमतिमा अर्को कम्पनी पनि सर्न पाइन्छ | सबै चिज सिस्टममा चलेका छन् | नीति नियम लागु गर्ने निकाय सक्षम भए सबै चिज सिस्टममा चल्दो रहेछ |

नेपालमा अर्काको काम गर्दा कहिले राजाको काम जाला घाम भन्ने पारामा गर्ने चलन छ तर कोरियामा अर्काको काम पनि आफ्नै सम्झेर गरिदो रहेछ | कम्पनीमा साहु २/४ हप्ता नै नआए पनि काम उही रफ्तारमा चलिरहेकै हुन्छ | सबै काम टाईम टेवल अनुसार गर्ने कुनै पनि कुराको बाचा गरे पछि पुरा गरेर नै छोडने बानि कोरियनहरुको हुदो रहेछ |

कोरिया आए पछि आफ्नो आर्थिक स्थिति त सुधार हुने नै छ त्यो भन्दा पनि कुनै पनि काम ईमान्दार , दृढ विश्वास साथ् काम गर्ने हो भने सफल भईन्छ भन्ने कुरा पनि सिकिन्छ |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...