Advertisement
SKIP THIS

प्यान्थेकमा परोपकारसंगै नयाँ बर्ष उत्सब


कृष्ण पुरी
प्यान्थेक – दक्षिण कोरियामा रहेका नेपालीहरूले  नेपाली नयाँ वर्ष २०७२ लाई  बिबिध कार्यक्रम गरी स्वागत गरेका  छन् । कोरियामा  फेन्तेक  प्रवासी मजदुर सहयोग केन्द्र (फेन्थेक माईग्रेन्ट सेन्टर) नेपाली समुदायको आयोजनामा बिबिध सास्कृतिक मनोरंजन कार्यक्रम आयोजना गरेर हर्षोउल्लासका साथ मनाइएको हो |

 

आईतबार अप्रिल १२ तारिखका दिन  फेन्थेक वरपरका नेपालीहरु साथै केहि  अन्य क्षेत्रका नेपालीहरुले  नयाँ वर्षको शुभकामना आदानप्रदान  सहित नेपाली संगीत , कला, सस्कृति र नेपाली पहिचान  झल्काउदै   बिबिध मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम गरी मनाए | कार्यक्रममा नेपालीहरु  स्थानीय नेपाली  कलाकारहरुको  प्रस्तुति सगै नेपाली परिकारहरुको भोजनमा रमाए |
‘जहा छन् बुद्धका आखा’, ‘रेसम फिलिली’ जस्ता  नेपाली लोक गीत  , पप, र्याप ,हिन्दि सहित डेड दर्जन भन्दा बढी  गीत  संगीतमा  नेपालीहरु एकल तथा सामुहिक प्रस्तुतिहरुका बीच रमेका थिए |
कार्यक्रम अवसरमा नेपालमा संचालित  साक्षरता तथा सहयोग अभियान अन्तर्गत स्थापित नेको ह्यापी ड्रिम सस्था लाई फेन्थेक नेपाली समितीको तर्फबाट ५ लाख वोन
( झन्डै ५० हजार रुपैया ) पनि प्रदान गरिएको र समितिकै पहलमा  अगाडी बढिरहेको ताप्लेजुंग र सप्तरी अग्नि पिडितहरुलाई सहयोग अभियान लाई पनि तिब्रता दिइएको थियो |

 

सोहि अवसरमा फेन्थेक माइग्रेट्, नेपाली समितीको  पहलमा, जनस्तरबाट सहभागिता हुदै आएको  अटिजम बालबालिका सहयोग अभियान कोरियाको  अटिजम  ब्यानर सार्वजनिक गर्दै ब्यापक उत्साह पनि जनाईएको थियो |

कोरियामा स्थापना कालदेखि नै बहुसंख्यक  नेपालीहरूको साझा सस्थाको रूपमा स्थापित फेन्तेक माईग्रेट सेन्टर नेपाली समुदायले उक्त सेन्टरको सहकार्यमा कोरियामा  आपत् बिपतमा परेका दैनिक दर्जन भन्दा बढि नेपालीहरूलाई खान बस्न सहितको आश्रय,विभिन्न सहयोग तथा परामर्श पनि  दिदै आएको छ भने नेपालमा पनि परोपकार,राहत  अभियान जस्ता सहयोगीमुलक सेवा कार्यहरुमा  पनि योगदान पुर्याउदै आएको  छ |

आयोजकले नव बर्षको शुभकामना सहित  उपस्थित रहेर कार्यक्रम सफल र  भब्य रुपमा मनोरंजनपूर्ण  बनाइदिनु भएकोमा सम्पूर्ण नेपालीहरुमा आभार प्रकट गर्दै आगामी दिनमा पनि यसरी सामाजिक पहल तथा सहयोग अभियानमा साथ् दिनुहुन पनि आह्वान गरेको छ |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...