Advertisement
SKIP THIS

NCC को नेतृत्वमा दोहोरिने प्रवल संभावना छ – हरी प्रसाद खनाल


नेपालीहरुको साझा संस्थाको रुपमा नेपाली सम्पर्क समितिलाई चिनिन्छ। नेपालीहरुद्वारा स्थापना गरिएको यो पहिलो संस्था हो। यस संस्थाले समयको एक यूग पार गरिसकेको छ र यो संस्था अहिले १९ औँ अधिवेशनको तयारीमा जुटेको छ। आज यसै संस्थाका अध्यक्ष हरी प्रसाद खनालसँग फोनिज कुराकानी गरिएको छ।

१) नेपाली सम्पर्क समितिको संक्षिप्त इतिहास व्याख्या गरि संस्थाबारे नयाँहरुलाई प्रष्ट गरिदिनुहोला।

– नेपाली सम्पर्क समिति जस्लाई NCC भनेर पनि चिनिन्छ। यो संस्थाको स्थापना सन १९९३ मा भएको हो। त्यतिबेला दक्षिण कोरियामा कुटनितिक नियोग, राजदूतावास लगायत कुनैपनि संस्था थिएन जसले नेपालीहरुको प्रसासनिक काम र समस्याहरुको समाधान गर्न सक्थ्यो, यस्तो परिस्थितिमा हाम्रा अग्रजहरुले विशुद्ध सामाजिक सेवा गर्ने उद्देश्यले स्थापना गरेको हो।

२) NCC को यात्राक्रमलाई कसरी हेर्नुहुन्छ?

– म अहिले १८ औँ कार्यसमितिको अध्यक्ष पदमा रहि काम गरिरहेको छु। यो संस्थाले धेरै उतारचढाव भोगेको छ। कुनैसमितिको बेला राम्रो र कुनैबेला सुस्ताएको पनि पाइन्छ। जस्तै नजिकैको कुरा गर्दा १६ औँ कार्यसमिति अञ्जु केसीको पालामा निकै राम्रो गति लिएको थियो र धेरै राम्रा कामहरु जस्तै बुद्धको प्रतिमा समेत राखेको छ। १६ औँ समितिको उतरार्धमा केहि विवादले गर्दा १७ औँ कार्यसमितिका लागि त्यति धेरै जनमानस आएन र फेरी १७ औं कार्यसमितिको पालामा कोरोना पाण्डेमिक आउनु र कार्यसमितिका केहि नेपालमा नै रहेपछि संस्था निष्कृय बनेको हो।

३) संस्था अहिलेको यो अवस्थासम्म आइपुग्नको लागि चुनौतिहरु केके थिए?

– विरुवा रोपेर हुर्काउन सजिल हुने रहेछ, बीचमा भाँचिएको क्राक भएको बोटलाई हुर्काउन बचाउन गाह्रो हुने रहेछ। मैले अध्यक्ष सम्हादै गर्दा कोरियामा पनि प्रदेश स्तरिय संस्थाहरु बन्न थालेका थिए, जिल्ला संस्थाले प्रदेशलाई छाता संस्थाको रुपमा मानेर जाने भयो। त्यसपछि कतिपय विषयमा प्रदेशसँग NCC को अन्तरविरोध र ध्रुविकरण पनि हुँदै गयो, यो सबैलाई सम्हालेर ल्याउनु मेरालागि चुनौति थिए।

त्यसैगरि पहिले NCC ले सलनाल छुसकको कार्यक्रम बाँडफाँड गर्ने गर्दथ्यो पछि प्रदेशले नै बाँडफाड गर्न थालेपछि NCC ले कसरी समन्वय गर्ने भन्ने थप चुनौति आयो। त्यसपछि सबै प्रदेशबाट आएको कार्यक्रमलाई नजुधाउने गरि मिलाएर लाने उद्देश्य अनुरुप ‘बाँडफाँडको’ स्थानमा ‘सहजिकरण’ भन्ने विषयमा सहमति हुन बाध्य भयौँ।

४) के प्रदेश स्तरीय संस्था प्रतिस्पर्धि संस्था हो ?

– होइन्। प्रदेश र आदिवसी जनजाति महासंघ सहकार्य गर्ने साथी संस्था हुन्। हामीसँग २०१९ को अन्तिम विधान संसोधनले प्रदेश संस्थाहरु समेट्ने कुनै आधार थिएन र काम गर्न निकै कठीन थियो तर अहिले सहज छ। कर्यक्रमको सवालमा महासंघले चाहिँ वर्षमा एउटा कार्यक्रम पाउने प्रावधान रहेको छ।

 

प्रदेश संस्था नेतृत्व गरेपनि NCC को अध्यक्षका लागि उमेद्वार दिन पाउँदैन तर उहाँहरु एक कार्यकाल केन्दृय परिषदमा बसेर आएपछि भने पाउँछन्।

५) NCC को अधिवेशन नजिकिँदै छ , विधान संसोधनमा केके भए?

– NCC अभिभावकिय संस्था, प्रदेशको केन्दृय संस्था अर्थात जिल्लाले प्रदेशलाई मान्ने र प्रदेशले केन्द्रलाई मान्ने निर्णय भएको छ, यो हुनुको कारण जिल्लाको गतिविधि प्रदेशले हेर्छ भने प्रदेशले गरेका कामहरु NCC ले हेर्छ। हामीले ३ तहको संस्था संरचना निर्माण गरेका छौँ। यस अन्तरगत जिल्ला, प्रदेश, NCC र विभागिय संस्थाहरु रहन्छन्।

यसैगरी कोरियामा रहेका सबै नेपाली NCC को साधारण सदस्य रहने छन भने NCC को अधिवेशनको प्रतिनिधि सदस्य हुनको लागि प्रदेशबाट सिफारिस गरेर आउनुपर्छ। एक जिल्लाले बढिमा १० जना प्रतिनिधि पठाउन पाउनेछन्। तथापि NCC कार्यसमितिलाई , केन्दृय परिषदलाई, सल्लहकार समिति समिति, विभागिय संस्था मिडीया आदिलाई भने प्रतिनिधि सदस्य हुन यो व्यवस्थाले छेक्दैन।

६) अधिवेशनमा अध्यक्षको उमेद्वार दिन कोको योग्य हुन्छन?

-NCC को अध्यक्षको उमेद्वार हुनको लागि कार्यसमितिको मेजर ५ मा एक कार्यकाल काम गरेको हुनुपर्छ।  प्रदेश संस्था नेतृत्व गरेपनि NCC को अध्यक्षका लागि उमेद्वार दिन पाउँदैन तर उहाँहरु एक कार्यकाल केन्दृय परिषदमा बसेर आएपछि भने पाउँछन्।

७) केन्दृय परिषद भन्नाले?
– केन्दृय परिषदले NCC को गतिविधिहरु अनुगमन गर्छ। समिति निष्कृय भए परिषदले उचित काम गर्छ जे होस कार्यसमितिलाई सहयोग नै गर्छ। जस्तै कार्यसमितिको सहि गलत कामलाई पनि औँल्याइदिन्छ।

८) NCC को काम देखिएन संस्थालाई बन्द गरौँ भन्ने पनि सुनिन्छ , यसबारे तपाईको धारणा के छ?
– कुनैपनि संस्थालाई खारेज गर्नु भनेको चाहिँ न्यायोचित होइन। कुनैपनि विदेशमा भएको संस्थाले नेपालीलाई नै सहयोग गर्छ। किनकि यो सामाजिक संस्था हो। जस्तै NCC ले धेरै सामाजिक कामहरु गरेको जगजाहेर छ, जस्तै जहाजको विषयमा ज्ञापन पत्र बुझाउन NCC को नेतृत्वदायी भूमिका थियो, दुर्घटना न्युनिकरण सम्बन्धि परामर्श कार्यक्रम, सहुलियत उपचारका लागि हामीले ३ ओटा अस्पताल सँग सम्झौता गरेका छौँ, सौलको पनि अन्तिम चरणमा छ। गौतम वुद्धको प्रतिमालाई आवश्यक मर्मत, सरसफाई लगायतका काम गरेका छौँ।

९) विद्यार्थीको समस्यालाई कसरी सम्बोधन गर्दै हुनुहुन्छ?
– विद्यार्थीको भिसा परिवर्तनमा हामीले सहयोग गर्दैनौँ। स्वास्थ्य क्षेत्रमा चाहिँ गरिरहेका छौ, कोहि काम गर्दै गर्दा पक्राउ परेका छन उनिहरुलाई सहयोग गरेका छौँ, भाषा अनुवादमा पनि सहयोग गरिएको छ। हामीले मिन बिक, महेश बजगाई, लक्ष्मी गुरुङ हाम्रो NCC को आधिकारिक भाषानुवादक चयन गरेका छौँ। बीमा सम्बन्धि गीता राई योगिता गौतमले धेरै सहयोग गर्नुभएको छ।

०) अधिवेशनको तयारी र प्रकृया बारे संक्षितमा बताइदिनुहोला।

– अधिवेशनको तयारी संरक्षक लोचन राईको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति तोकिएको छ। प्रदेशले सदस्य फारम भरेर शुल्क सहित मार्च १ सम्ममा प्रदेशको सिफारिसमा निर्वाचन समितिलाई बुझाउनु पर्नेछ। मार्च १५ मा सहमतिबाट नै नेतृत्व चुन्ने प्रयास हुनेछ त्यसदिन नभए मार्च २२ मा निर्वाचनद्वारा नेतृत्व टुङ्गो लगाइने छ।

११) कार्यकालको अन्तिम क्षणतिर आउँदा आफूले यो क्षेत्रमा काम गर्न सके राम्रो हुन्थ्यो भन्ने लागेको छ?

– त्यस्तो त धेरै छन नि, दुइ देशको कुटनिती क्षेत्रदेखि कल्चरल कुरामा काम गर्न अझ मन छ, नेपालको पर्यटकिय प्रवर्धन, कोरियाको सञ्चार माध्यममा पहुँच साथै E9 को कानूनी प्रकृया सहज बनाउने काम गर्ने मन थियो।

१२) नेतृत्वमा दोहोरिने चाहना हो कि?
– लगातार संस्थामा काम गरेर आज यो अवस्थामा संस्था आइपुग्दा धेरै साथीभाइहरुले यस्तो चाहना राख्छन्। अझै कतिपय काम गर्न सकिन्छ कि जस्तो लागेको छ तसर्थ नेतृत्वमा आउने चाहिँ प्रवल संभावना छ।

१३) अन्त्यमा केहि मनका कुरा राख्नसक्नुहुन्छ।
– अधिवेशनको सँघारमा छौँ , सबैजना उपस्थित भएर कार्यक्रम सफल बनाइदिनुहोला। साथै हाम्रो कार्यकाल भरी सहयोग गर्ने विभिन्न संस्थाहरु, पत्रकार सल्लाहकार सबै सबैमा हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...