Advertisement
SKIP THIS

कोरियाको किम्हेमा “प्रथम लखन थापा फूटसल कप २०२६” मार्च १ मा हुने


कोरियाको किम्हे शहरको खेलमैदानमा नेपाल मगर संघ गणतन्त्र कोरिया किम्हे बुसान शाखाले आउँदो मार्च १ तारिक “प्रथम लखन थापा फूटसल कप २०२६” आयोजना गर्ने भएको छ । ४४ औं मगर दिवसको अवसर पारेर नेपाल फूटबल महासंघ दक्षिण कोरिया शाखाको विशेष सहजीकरणमा आयोजना हुने उक्त प्रतियोगिता कोरियामा रहेका नेपालीहरुको आत्मियता र बन्धुत्वको भावना अभिबृद्धि हुने अपेक्षा सहित किम्हेको खेलमैदान (경남김해시 김해대로 1798 (초은 풋살파크) मा सो प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष दिल बहादुर थापा मगर (दिलीप) ले बताए ।

प्रतियोगितामा प्रथम र द्धितीय हुने टिमले क्रमशः ३५ लाख र २० लाख कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने पछिल्लो पटक महिला फूटबल खेलको क्रेजलाई ध्यानमा राख्दै महिला तर्फ विजेता टिमलाई आकर्षक नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक सनम मगरले जानकारी दिए । अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, गोलकिपर र सर्वाधिक गोलकर्ताले नगद १/१ लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने बताउँदै टिम दर्ता शुल्क ३ लाख ५० हजार कोरियन वोन कायम गरिएको र फेब्रुअरी २२ तारिकसम्म टिम दर्ता गर्न सकिने सोही संस्थाका कार्यक्रम संयोजक रोज खपाङ्गी मगरले जानकारी दिए ।

नेपाल मगर संघ कोरियाले कोरियामा रहेका मगर समुदायलाई एकताको सुत्रमा बाँध्दै आफ्नो जातीय भेषभूषा, कला, संस्कृति र अस्तित्व संरक्षणमा टेवा पुर्याउँदै विभिन्न संघसंस्था र संगठनहरुसँग समन्वय र सहकार्य गर्दै आइरहेको सन्दर्भ संस्थाका महासचिव पर्म सिंह घर्ति मगरले उल्लेख गरे ।

“स्वस्थ जीवन र मनोरञ्जनको लागि परदेश मै भएपनि खेल खेलौं” भन्ने नाराका साथ ४४ औं मगर दिवसको अवसर पारेर आयोजना हुने उक्त “प्रथम लखन थापा फूटसल कप २०२६” लाई सफल बनाउन कोरियामा रहनुहुने सम्पूर्ण खेलप्रेमीहरुमा संस्थाले उपस्थितिको लागि अनुरोध गर्दै आर्थिक नैतिक र भौतिक सहयोगको लागि सम्बन्धित सबैलाई आग्रह समेत गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...