नेपाल फूटबल महासंघद्वारा क्लब दर्ता, नविकरण र प्रतियोगिता आवेदनका लागि आव्हान
नेपाल फूटबल महासंघ दक्षिण कोरियामा रहेका फूटबल क्लबहरुलाई दर्ताको लागि सूचना जारी गरेको छ। यसैगरी महासंघले दर्ता भएका क्लबहरुलाई नविकरणको लागि आव्हान गरेको छ। क्लब दर्ताका लागि १ लाख वन र नविकरणका लागि ५० हजार वन रहेको सूचनामा उल्लेख छ। 
यसैगरि महासंघले नयाँ सिजनमा प्रतियोगिता आयोजना गर्न चाहने क्लबहरुका लागि पनि प्रतियोगिता आवेदन खुला गरेको जनाएको छ। महासंघले नयाँ क्लब दर्ता, नविकरण र प्रतियोगिता आवेदनका लागि फेब्रुअरी ३ देखि मार्च ३ सम्मका लागि समय सिमा तोकेको छ।