Advertisement
SKIP THIS

एनसीसी कोरियाको १९ औँ महाधिवेशन मार्च १५ मा गर्ने


दक्षिण कोरिया । नेपाली सम्पर्क समिति (NCC) दक्षिण कोरियाको १९ औँ महाधिवेशन मार्च १५ आइतबार हुने भएको छ । गत हप्ता (जनवरी २४) कार्यसमिति, सल्लाहकार र संरक्षकसमेतको बसेको बैठकले महाधिवेशनको मिति तोकेको महासचिव दिपक थापा मगरले बताए ।

दक्षिण कोरियाको दोङ्देमुनस्थित निक नेपाल ट्राभलको हलमा संयुक्त बैठक सम्पन्न भएको थियो । बैठकले लोचन राईको निर्वाचन संयोजकत्वमा ५ सदस्यीय निर्वाचन मण्डल गठन गरेको बताएको छ । निर्वाचन संयोजक लोचन राईले मार्च १५ मै बन्दशत्र सुरु हुने र भोटिङ प्रक्रियामा पुगेमा मार्च २२ मा सम्पन्न गर्ने बताए । त्यस्तै निर्विरोध निर्वाचित भएमा पनि घोषणा मार्च २२ मै गर्ने उनले बताए ।

यसै गरी  केन्द्रीय तथा क्षेत्रीय प्रतिनिधि छनोट प्रक्रिया २०२६ मार्च १ भित्र सम्पन्न गर्ने निर्णय बैठकले गरेको महासचिव मगरले जानकारी दिए । उनले अधिवेशनअघि नै सदस्यता कार्ड वितरण तथा सदस्य अभिलेख अद्यावधिक गर्ने बताए ।

बैठकमा सङ्गठनलाई थप व्यवस्थित, सुदृढ र प्रभावकारी बनाउँदै दक्षिण कोरियामा रहेका नेपाली समुदायको हक–हित, समस्या र अधिकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्ने विषयमा समेत व्यापक छलफल बताए ।

१७ अगस्ट २०२५ मा भएको नेपाली सम्पर्क समितिको विधान संशोधन सम्बन्धी बृहत् भेलाबाट विधान संशोधन पास हुन नसकेपछि फेरी ४ जनवरी २०२६ को बृहत् भेलाले पास गरेको थियो । विधान पास भएसँगै महाधिवेशनको बाटो खुलेको एनसीसीका एक पदाधिकारीले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...