श्रम संस्कृति पार्टी प्रवास संगठनको छल्लादो शाखा विस्तार, अध्यक्षमा डा. केशवराज भट्टराई
श्रम संस्कृति पार्टी प्रवास संगठन दक्षिण कोरियाले क्षेत्रिय कमिटि विस्तार गरेको छ। संगठनले कोरियाको छल्लदो प्रान्तमा आफ्नो शाखा विस्तार गरेको हो। पहिलो प्रान्तिय शाखाको रुपमा आज डा . केशवराज भट्टराइको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति गठन गरेको छ।
नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा डि.बि नुप्पा भोटे, उपाध्यक्षमा राजन लिम्बु, दिनेश दुमी राई, सन्जिव चौलागाई चयन भएका छन्। सचिवमा युरुङ भोटे, सहसचिवमा संजोग राई र अनिल थुलुङ राई, कोषाध्यक्षमा रीता तामाङ र सहकोषाध्यक्षमा मोहन माबो रहेका छन भने प्रवक्ताको जिम्मेवारी सचिन नेपाललाई दिइएको छ। यसैगरि सदस्यहरुमा सरगम राई, सुमन चोङबाङ, सुमन योङ्या, जितेन्द्र मेन्याङवो, शान्ति लिम्बु, प्रशन्न राई, संजिब लिम्बु, बिनोद लिम्बु, निशान लिम्बु, विजय राई, पारस नेम्बाङ् र राज योङहाङ रहेका छन्।
श्रम संस्कृति पार्टी प्रवास संगठन कोरिया केन्द्रका अध्यक्ष सुवास योङ्हाङको पहलमा शाखा विस्तार गरिएको हो। आसन्न प्रतिनिधि सभा निर्वाचनमा प्रवासबाट सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन्।