नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
नेपाल फूटबल महासंघ दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ। हिजो दोङ्देमुन स्थित नेपाली थाइको सभाहलमा सम्पन्न अधिवेशनले हेमन्त गुरुङको अध्यक्षतामा १२ सदस्यीय समिति गठन गरेको छ।
नव गठित समितीको वरिष्ठ उपाध्यक्षमा सुवास लामा र उपाध्यक्षमा सरन राई रहेका छन यसैगरी महिला उपाध्यक्षमा कमला साउद, महासचिवमा युबेन तुम्बापो सचिवमा राज मेस्सी चयन भएका छन्। कोषाध्यक्षमा मिन आले मगर, सह कोषाध्यक्षमा तेजु गुरुङ रहेका छन्। सदस्यहरुमा युमेश गुरुङ, भास्कर लामिछाने, रोमन आचार्य र बिजु लिम्बू चयन भएका छन्।
निवर्तमान अध्यक्ष ब्रो तमुले आफूले दुइ कार्यकाल सम्हाल्दै गर्दा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका थिए साथै उनले महासंघले सबै खेलाडीहरुलाइ एकिकृत गर्दै अगाडि बढ्नेमा विश्वस्त रहेको बताएका थिए। विभिन्न फूटबल क्लबका प्रतिनिधि एवम खेलाडीहरु उपस्थित रहेको अधिवेशनमा अधिकांशले फुटसल भन्दा फूटबललाई महत्वदिनुपर्ने धारणा राखेका थिए।