Advertisement
SKIP THIS

फेब्रुअरी १६ मा ‘बृहत सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम २०२६’ हुने


सोल, दक्षिण कोरिया । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले मञ्जुश्री संवत् २८६२ ता ल्हो (घोडा वर्ग) को पावन अवसरमा ‘बृहत सांस्कृतिक कार्यक्रम-२०२६’ आयोजना गर्ने भएको छ। आगामी फेब्रुअरी १६ तारिखका दिन सोलस्थित वर्ल्ड के-पप सेन्टरको ग्लास हलमा यो कार्यक्रम सम्पन्न हुने घेदुङले जनाएको छ।

कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै नेपाल तामाङ घेदुङ दक्षिण कोरियाका महासचिव अभिषेक थिङ तामाङले ल्होछारलाई केवल उत्सवका रूपमा मात्र नभई सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको बताएका छन्। कार्यक्रमबाट संकलित रकमले घेदुङले सञ्चालन गर्दै आएको ‘दीर्घकालीन शैक्षिक कल्याणकारी कोष’ लाई सहायोग गर्ने लक्ष्य राखिएको जानकारी दिँदै उनले भनेका छन्: “हाम्रो मुख्य उद्देश्य आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सहायता प्रदान गर्नु हो। आफ्नो भाषा र संस्कृतिको जगेर्ना गर्दै सामाजिक सेवामा हातेमालो गर्न म सम्पूर्ण कोरियाबासी नेपालीहरूलाई हार्दिक अपिल गर्दछु।”

कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित कलाकारहरू रोज मोक्तान, जितु लोप्चन, बिशाल काल्ताङ र किर्ती तामाङले विशेष प्रस्तुति दिने निश्चित भएको आयोजकले जनाएको छ। साथै, कोरियामा रहेका स्थानीय कलाकारहरूको मौलिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाउने बताइएको छ।

“तामाङ भाषा, धर्म, कला, संस्कार, संस्कृतिको प्रवर्द्धन गरौँ, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौँ” भन्ने मूल नाराका साथ हुन लागेको यस कार्यक्रममा कोरियामा रहेका विभिन्न संघ-संस्थाका प्रतिनिधि, व्यवसायी तथा नेपाली श्रमिकहरूलाई उपस्थितिका लागि घेदुङ कोरियाले अपिल गरेको छ।

कार्यक्रमको विवरण र ठेगाना:
* मिति: १६ फेब्रुअरी २०२६, सोमबार
* समय: दिउँसो ३:३० बजेदेखि
* स्थान: CREST 72 (World K-Pop Center Glass Hall) 서울특별시 중구 장충단로 72 (장충동2가)- (72, Jangchungdan-ro, Jung-gu, Seoul)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...