Advertisement
SKIP THIS

पत्रकार महासंघ कोरियाको अधिवेशन अन्योलमा: असन्तुष्ट पक्षद्वारा ‘स्थगन’ को माग, अध्यक्ष भन्छन्– “तयारी पूरा भयो”


नेपाल पत्रकार महासंघ (एफ एन जे) दक्षिण कोरियाको आठौँ अधिवेशनको पूर्वसन्ध्यामा विवाद थप चर्किएको छ। एकातिर संस्थापन पक्ष अधिवेशन गर्ने अन्तिम तयारीमा छ भने अर्कोतिर असन्तुष्ट क्रियाशील पत्रकारहरूको समूहले केन्द्रको स्पष्ट निर्देशन नआएसम्म अधिवेशन स्थगित गर्नुपर्ने अडान राखेको छ।

असन्तुष्ट पक्षले विधान उल्लंघन, राजनीतिक हस्तक्षेप र सदस्यता नवीकरणमा विभेद भएको भन्दै आफ्ना माग र गुनासाहरू नेपाल पत्रकार महासंघको केन्द्रीय समिति (काठमाडौँ) मा पठाइसकेको जानकारी दिएको छ। उनीहरूका अनुसार केन्द्रबाट यस विषयमा स्पष्ट आधिकारिक पत्र वा निर्देशन नआएसम्म अधिवेशन अगाडि बढाउनु अवैधानिक हुनेछ।

विज्ञप्ति जारी गर्ने समूहले भनेको छ, “हामीले केन्द्रमा सम्पूर्ण वस्तुस्थिति जानकारी गराइसकेका छौँ। केन्द्रको निर्देशनलाई लत्याएर गरिने कुनै पनि गतिविधि मान्य हुँदैन। त्यसैले जबसम्म केन्द्रबाट स्पष्ट मार्गनिर्देशन आउँदैन, तबसम्मका लागि अधिवेशन स्थगित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट अडान छ।”

अध्यक्ष खड्काको दाबी: “कुरा मिलिसक्यो”

अर्कोतर्फ, महासंघका अध्यक्ष सन्तोष खड्काले भने देखिएका विवादहरू समाधान भइसकेको दाबी गरेका छन्। केही साथीहरूको नाम केन्द्रबाट आउन ढिलाइ भएकोले केही अन्योल देखिए पनि अहिले उक्त समस्या हल भइसकेको उनको भनाइ छ।

अध्यक्ष खड्काले भने, “३ जना साथीहरूको नाम लिस्ट विशेष कारणले केन्द्रबाट समयमै आउन नसकेका कारण केही विवाद देखिएको थियो। तर अहिले नामावली आइसकेको छ र धेरै कुराहरू मिलिसकेका छन्। केही बाँकी रहेका प्राविधिक विषयहरूलाई पनि मिलाएर तोकिएको समयमै अधिवेशन भव्यताका साथ सम्पन्न गर्नेछौँ।” उनले सबै पत्रकारहरूलाई एकताका साथ अधिवेशनमा सहभागी हुन समेत आग्रह गरेका छन्।

बहिष्कार र स्थगनको माग

यद्यपि, असन्तुष्ट पक्षले भने अध्यक्षको दाबीलाई अस्वीकार गर्दै बहिष्कारको निर्णय यथावत राखेको छ। उनीहरूले थप सदस्यहरूको नवीकरण, निर्वाचन समितिको पुनर्गठन र केन्द्रको स्पष्ट निर्देशन बिना कुनै पनि प्रक्रियामा सहभागी नहुने जनाएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...