Advertisement
SKIP THIS

कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन


स्याङ्जा भिरकोट आठथर तमु समाज दक्षिण कोरियाको ल्होसार तथा छैठौं अधिवेशन नेपाली थाई रेष्टुरेन्टको सभाहल दोङ्देमुन सउलमा सम्पन्न भएको छ । समाजका अध्यक्ष मनोज गुरुङको सभाध्यक्ष र गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अध्यक्ष नर कुमार गुरुङको प्रमुख अतिथ्यतामा डिसेम्बर २७ तारिक सो कार्यक्रम सम्पन्न भएको हो ।

समाजका वरिष्ठ उपाध्यक्ष तोरन गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथिले दीप प्रज्वलन गरेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । कार्यक्रमका वीच प्रस्तुत भएका विभिन्न सामूहिक र एकल नृत्यले कार्यक्रमको थप शोभा बढाएको थियो । वर्षेनी रुपमा निरन्तर आयोजना गर्दै समाजले तमु समुदायको वर्ग चक्र अनुसार यो वर्ष सप्री-ल्हो (सर्प वर्ग) लाई विदाई र त-ल्हो (घोडा वर्ग) लाई स्वागत गर्दै स्याेकैँ (रात्रीभोज), शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सहित धुमधामका साथ ल्होसार मनाएको हो ।

विशेष अतिथिको रुपमा उपस्थित समाजका परिकल्पनाकार तथा समाज घर व्यवस्थापक लेसन गुरुङ, वरिष्ठ सल्लाहकार स्याङ्जा समाज दक्षिण कोरियाको केन्द्रीय अध्यक्ष सुशील गुरुङ र सोही संस्थाका पूर्वाध्यक्ष युवराज गुरुङ र निवर्तमान अध्यक्ष तथा वरिष्ठ सल्लाहकार विजय गुरुङ, तमु धीं कोरिया केन्द्रका वरिष्ठ सल्लाहकार वाईबि गुरुङ, गोर्खाली रेडियो दक्षिण कोरिया संवाददाता बोम्जन गुरुङ र अतिथिहरुमा समाजका सम्पूर्ण सल्लाहकार तथा समाजका कृयाशिल सदस्य र शुभचिन्तकहरु रहेका थिए ।

उक्त छैठौं अधिवेशनमा वक्ताहरुले भिरकोट आठथर क्षेत्रका दाजुभाई दिदीबहिनीहरुको आत्मीय भाव, सद्भाव र एकताले समाजको हरेक अभियान र कार्यक्रमले सफलता प्राप्त गरेको उल्लेख गर्दै समाजका सबै अग्रज, अनुज र समकालीन व्यक्तित्वहरुप्रति सम्मान व्यक्त गर्दै समाजले सञ्चालनमा ल्याएको आवास गृह घर (सेल्टर) बाट भरपूर लाभान्वित भएकोमा खुशी व्यक्त गर्दै अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

उद्घाटन सत्रपछिको बन्द सत्रमा कुमार गुरुङ संयोजक रहने गरि सदस्यहरु लेसन गुरुङ, विजय गुरुङ, सुशील गुरुङ र माया गुरुङ रहने गरि बनेको निर्वाचन मण्डलले निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्दै नवगठित कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए । स्याङ्जा भिरकोट आठथर तमु समाज दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट अध्यक्षमा तोरन गुरुङ, वरिष्ठ उपाध्यक्ष नुतन गुरुङ, उपाध्यक्षहरुमा याम गुरुङ, राम गुरुङ र सेकेन्द्र गुरुङ सचिव कृष्ण “प्लेमे” गुरुङ, सहसचिव दुतप्रसाद गुरुङ र राजु गुरुङ, कोषाध्यक्ष वसन्त गुरुङ, सहकोषाध्यक्ष टौमाया गुरुङ रहेका छन् भने सदस्यहरुमा मोना गुरुङ, प्रेम गुरुङ, पिम गुरुङ, अस्मिता गुरुङ, कृष्ण गुरुङ, प्रशान्त गुरुङ र डिकेन्द्र गुरुङ सर्वसम्मत चयन भएका छन् ।

पहिलो चरणमा संस्थाका सचिव सेकेन्द्र गुरुङ र बन्द सत्रमा लेसन गुरुङको विशेष सहजीकरणसँगै नर कुमार गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । “आत्मीय सद्भाव, अनुशासन र गतिशीलता, मानवीय सहयोग गर्नु हाम्रो अभिभारा” भन्ने मूल नारालाई अनुशरण गर्दै सन् २०१५ मा स्थापित समाजको उक्त अधिवेशनलाई सफल बनाउन उपस्थित संस्था सम्बद्ध महानुभावहरुलाई समाजले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...