Advertisement
SKIP THIS

कोरियामा जनवरी १८ तारिक “मगर माघे संक्रान्ति विशेष सांस्कृतिक कार्यक्रम” मनाइने


कोरियामा बर्षेनी मनाउँदै आइरहेको “मगर माघे संक्रान्ति विशेष सांस्कृतिक कार्यक्रम २०८२” आउँदो जनवरी १८ मा आयोजना हुने भएकाे छ । नेपाल मगर संघ गणतन्त्र कोरियाले आफ्नो शाखाहरु बुसान/किम्हे शाखा, थेगु शाखा, जेजु शाखा, DSME मगर समाज गजेदो, मोक्यो-छल्लादो शाखा र अठार मगरात खामभाषी सम्पर्क मञ्चसँगको संयुक्त आयोजनामा छङ्नामस्थित (전남 영암군 삼호읍 대불주거 3로 신해양 산업 단지 캠퍼스(김유전홀) मा बिहान ११ बजेदेखि शुरु हुने गरी सो कार्यक्रम मनाउने भएकाे हाे ।

ख्यातीप्राप्त स्थानीय कलाकारहरुको सहित नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठान कोरिया शाखामा आबद्ध कलाकारहरुको विशेष सांगीतिक प्रस्तुतिले कार्यक्रम भव्य हुने संघका महासचिव पि.एम. ग्यामी मगरले बताए । नेपाली परम्परागत स्वादिष्ट परिकारहरु पनि उपलब्ध हुने उक्त कार्यक्रम विगतमा जस्तै ब्यापक सहभागिता सँगै कार्यक्रम थप उत्साहजनक हुने विश्वास नेपाल मगर संघ गणतन्त्र कोरियाका केन्द्रीय अध्यक्ष अञ्जन थापा मगरले व्यक्त गरे । मुख्य व्यवस्थापक नेपाल मगर संघ कोरिया मोक्यो-छल्लादो शाखा रहेको उक्त कार्यक्रममा हेल्थ क्याम्प तथा भिसा परामर्श सेवा पनि उपलब्ध गराइने जानकारी आयोजक संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विजय थापाले जानकारी दिए ।

कोरियामा रहेका मगर समुदायलाई एकताको सुत्रमा बाँध्दै आफ्नो जातीय भेषभूषा, कला, संस्कृति र अस्तित्व संरक्षणमा टेवा पुर्याउँदै विभिन्न संघसंस्था र संगठनहरुसँग समन्वय र सहकार्य गर्दै आइरहेको नेपाल मगर संघ कोरियाद्धारा आयोजित “मगर माघे संक्रान्ति विशेष सांस्कृतिक कार्यक्रम २०८२” लाई सफल बनाउन कोरियामा रहनुहुने सम्पूर्ण नेपालीहरुमा आयोजक संस्थाले उपस्थितिको लागि अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...