Advertisement
SKIP THIS

दक्षिण कोरियामा नेपाली डायस्पोरा (UNDO) को NBB सम्मेलन सम्पन्न


डिसेम्बर २१ आइतवार दोङ्देमुन स्थित स्काइ पार्क होटलमा युनाइटेड नेपाली डायस्पोरा (UNDO) अन्तरगत कोरिया – नेपाली डायस्पोराको आयोजनामा नेपाल बियोन्ड बोर्डर्स (NBB) सम्मेलन सम्पन्न भएको छ। MIT फौन्डेशनको साझेदारीमा आयोजित सम्मेलनमा नेपाल र कोरियाबीच सरकारी र निजी क्षेत्रबाट दिगो रुपमा गर्न सकिने पर्यटन, कृषि, हरित उर्जा लगायत विभिन्न क्षेत्रमा लगानी सम्बन्धीको अवसर, चुनौति, लगानि जोखिम, राज्यको निती, राष्ट्रको प्रशासनिक कठिनता, लगायत विविध विषयमाथि छलफल तथा विमर्श भएको थियो।

सम्मेलन विभिन्न शिर्षकमा प्यानल डिस्कसन मार्फत कोरियन एवम नेपाली उद्यमी, रिसर्चर साथै लगानिकर्ताहरु बिच छलफल भएको थियो। छलफललाई नेपाली तथा कोरियन प्राध्यापकहरुले सहजिकरण गरेका थिए।

MIT फाउन्डेश्नका अध्यक्ष शेष घलेले नेपालको दिगो विकासको निम्ति निति निर्माण एवम सुधारको बारेमा धारणा राखेका थिए। घलेले उदाहरणका रुपमा ग्रीन हाइड्रोजनको बारेमा व्याख्या गरेका थिए। हाल नेपालमा विद्युत शुक्क महँगो रहेको उल्लेख गर्दै ग्रीन हाइड्रोजनको उत्पादन आवश्यक रहेको बताएका थिए। यसका लागि उनले पहिलो पटक नेपालमा सरकारलाई समेत निति निर्माणमा सहायता गरेको बताएका थिए। उनले डाइड्रोजन उर्जाको साथ साथै कृषिका लागि चाहिने फर्टिलाइजर समेत उत्पादन गर्न सकिने बताएका थिए। नेपालमा फर्टिलाइजर बर्षेनी अभाव हुने हुँदा यस उत्पादनले कृषि क्षेत्रमा टेवा पुग्ने बताएका थिए।

कोरियन उद्यमीले नेपालमा पर्यटनको संभावना धेरै भएतापनि यातायात सुविधाजनक नहुँदा कोरियन पर्यटकले गाह्रो मान्ने बताएका थिए साथै कोरियालाई धेरै देशमा भिसा फ्री भएपनि नेपालमा भिसा शुल्क हुनाले पनि अन्य देशमा जान रुचाउने गरेको बताएका थिए। नेपालमा कोरियनलाई भिसा फ्री भए पर्यटकको संख्या बढाउन सकिन्छ कि भन्ने धारणा राखेका थिए।

यसैगरी अर्का एक उद्यमीले नेपालमा अलोइ (एक प्रकारको सिस्नु प्रजाती) को धागो उत्पादन गरि नेपालमा विभिन्न कपडा झोला, मोजा आदि उत्पादन गर्दै बिक्रि गर्दै गरेको र कोरियाको साना तथा मझौला कम्पनीले उक्त धागोप्रति चासो देखाएको जानकारी गराएका थिए। उनको यो ब्राण्ड कोरियामा पनि स्थापित हुनेमा विश्वस्त रहेको सुनाए।

अर्का एक उद्यमीले कृषि क्षेत्रमा माइक्रोब फर्टिलाइजरको उत्पादन गरि भियतनाममा प्रयोग गरिरहेको र केन्या , श्रीलङ्का, चिन आदि देशमा परिक्षण क्रममा रहेको अवगत गराएका थिए। यो प्रविधि वातावरण मैत्री भएकोले प्रकृतिलाई असर नगर्ने बताएका थिए।माइक्रोब फर्टिलाइजरलाई नेपालको कृषि क्षेत्रमा समेत प्रयोग गर्ने योजना रहेको बताए।

कार्यक्रममा MIT फाउन्डेसनका सञ्चालिका जमुना गुरुङले नेपालमा लगानि कर्ताका लागि निति निकै कठिन प्रकृतिको रहेको बताएकि थिइन्। कुनै एक प्रोजेक्ट गर्न प्रशाशनिक झण्झट रहेको उल्लेख गर्दै निती सुधारका लागि दूतावास मार्फत अनुरोध गरेकि थिइन्। यसैगरी व्यवसायी विनोद कुवँरले आफ्नो व्यवसायिक सुरुवातिका चरणहरुको किस्सा प्रस्तुत गर्दै व्यवसायमा हरेश नखाई अघि बढ्नुपर्ने बताएका थिए। साथै उनले सुरु सुरुमा कसैको विश्वास जित्न गाह्रो हुने तर पछि क्रमश सबैको विश्वाशिलो हुन सकिने बताउँदै व्यवसायमा विश्वास ठूलो कुरा रहेको बताएका थिए।

सम्मेलनका प्रमुख अतिथी एवम नेपाली दूतावास सौलका उपनियोग प्रमुख निर्मल प्रसाद भट्टराईले विभिन्न देशमा बसोबास गरिरहेका नेपाली डायस्पोराले देशको बारेमा केहि गर्न खोज्नु खुशिको कुरो रहेको बताउँदै लगानी वातावरणमा सरकारले सकेको सहयोग गर्ने बताएका थिए।

UNDO का अध्यक्ष सोनाम लामाले कार्यक्रम उपलब्धिमूलक रहेको बताउँदै आगामी दिनहरु थप चुनौती पूर्ण रहेतापनि आफूहरु सफल हुनेमा विश्वास दिलाएका थिए। यसैगरी UNDO एसिया संयोजक एवम सम्मेलन संयोजक लक्ष्मी गुरुङले विभिन्न देशबाट उपस्थित अतिथीप्रति आभार व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने विभिन्न संघ संस्था र नेपाली समुदायलाई धन्यवाद व्यक्त गरेकि थिइन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...