चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
किरात याक्थुङ चुम्लुङ बुसान शाखाले लिम्बु समुदायको चाड “चासोक तङनाम” शुभकामना आदानप्रदान एवम साँस्कृतिक कार्यक्रम गरि मनाउने भएको छ। यहिँ डिसेम्बर २१ तारिख आइतबार 가야 대학교 किम्हेमा चासोकको लागि सम्पूर्ण तयारी भइसकेको अध्यक्ष प्रताप इधिङ्गोले जानकारी गराएका छन्।
उक्त कार्यक्रममा सुमन लिम्बू, बिमन्ता लिम्बू, संगम सेर्मा, हेमन्त गुरुङ, एरिक सम्बाहाम्फे, राज नेम्बाङ, सन्देश लिम्बूको प्रस्तुती रहने छ भने अन्य कलाकारहरु तुफान मगर प्रकाश गिरीको पनि बेजोड प्रस्तुती हुने छ। सांगीतिक मनोरञ्जनका साथ साथै लिम्बू मौलिक परिकारहरु पनि रहने छ भने केलाङ यालाङ जस्ता लिम्बू मौलिक नाचपनी रहने आयोजकले जनाएको छ।
हरेक वर्षको मंसिर पूर्णिमाको दिन मनाइने चासोकमा पाकेको नयाँ अन्नबाली सर्वप्रथम पितृहरुलाई चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको छ। चुम्लुङ बुसान शाखाले चासोक तङनाम कार्यक्रममा उपस्थितिका लागि नेपाली समुदायलाई हार्दिक निमन्त्रणा गरेको छ।