पूर्वी नेपाल समाजद्वारा सलनालको कार्यक्रम बाँडफाँड, इलामेली समाजले डान्सपार्टी गर्ने – FONIJ KOREA
पूर्वी नेपाल समाजले सलनाल २०२६ को लागि कार्यक्रम बाँडफाँड गरेको छ। डिसेम्बर १४ तारिख आफ्नै सभाहलमा बसेको बैठकले कार्यक्रम बाँडफाँड गरेको हो। जस अन्तर्गत सलनालमा १ संस्थाले कार्यक्रम आयोजना गर्दैछ।
सलनालको दोस्रो दिन फेब्रुअरी १६ तारिख इलामेली समाजले रात्रीकालिन डान्स पार्टी गर्ने अनुमति पाएको छ , भने कुनैपनि संस्थाले सांगीतिक कार्यक्रम नगर्ने पूर्वी नेपालका अध्यक्ष केदार निरौलाले जानकारी गराएका छन्।
गत छुसकमा पूर्वी नेपालबाट पाँचथर सेवा समाजले सांगितिक र उदयपुर सेवा समाज र ग्लोबल तेह्रथुम सेवा समाजले डान्स पार्टी आयोजना गरेको थियो।