गण्डकी प्रदेश समाजले स्थापना दिवस साथै वार्षिक साधारण सभाको आयोजना गर्दै – FONIJ KOREA
गण्डकी प्रदेश समाजले स्थापना दिवस मनाउने भएको छ। यहिँ डिसेम्बर २८ तारिख दोङ्देमुन स्थित सेमाउल बैङ्कको सभाहलमा हुने कार्यक्रमको तैयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।
समाजले स्थापना दिवस सँगै दोश्रो वार्षिक साधारण सभा र नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम पनि सोहि दिन गरिने महासचिव पुष्प भण्डारीले जानकारी गराएका छन्।
प्रदेश स्तरीय संस्थाहरुमा गण्डकी प्रदेश समाज कोरियामा सक्रिय रहेको छ। समाजको समन्वयमा जिल्लागत संस्थाले विभिन्न कार्यक्रम गर्दै आएको छ भने समाजसेवामा समेत संस्थाले आफ्नो उपस्थिति जनाउँदै आएको छ।