Advertisement
SKIP THIS

कोरियामा हलोवीन मनाउँदा १ सय ४९ जनाको मृत्यु, ७८ जना भन्दा बढी गम्भीर घाइते


दक्षिण कोरियाको राजधानी सोलको इथेवनमा हलोवीन पार्टी मनाउन जम्मा भएका १ सय ४९ जनाको निस्सासिएर मृत्यु भएको छ भने ७८ जना भन्दा बढी गम्भीर घाइते छन् । विकसित कोरियाको सबैभन्दा नराम्रो दुर्घटना मध्यमा पर्ने यो दुर्घटना के कारणले भएको भन्ने अझै खुल्न सकेको छैन ।

शनिबार राति भएको दुर्घटनामा एक सय १ जना उपचारको क्रम र बाँकी ४५ जना घटना स्थलमै मृत्यू भएको थियो । मृत्यु हुनेमा दुई जना विदेशी भएको अधिकारीहरूले पुष्टि गरेका छन्।

हलोवीनको पहिलो शनिबार इथेवन क्षेत्रमा लाखौं मान्छे पार्टी गर्न जम्मा भएका थिए । कोरोना महामारीका कारण तीन वर्ष धेरै मानिस जम्मा हुन प्रतिबन्ध थियो । केही समय अघि मात्रै कोरियाली सरकारले यस्तो प्रतिबन्ध हटाएको थियो ।

‘हामी पनि त्यहाँ पुगेका थियौं । धेरै क्लबहरुले डान्स पार्टी राखेका थिए । जता पनि मान्छे नै मान्छे थिए । दुर्घटना भएको समयमा हामि पनि नजिकै थियौं । एकाएक मान्छेहरू सास फेर्न गाह्रो भएको भन्दै दौडिए। त्यस पछि कोलाहलको अवस्था आयो ।’ सोलमा बस्ने अजय श्रेष्ठले भने ।

योङसान प्रहरीको पराध महाशाखाका प्रमुख चोई उल-चेओनले घटनामा लागुऔषधको संलग्नता नभएको बताएका छन् ।
घटनाको रिपोर्ट पछि, राष्ट्रपति युन सुक-योलले सार्वजनिक प्रशासन र सुरक्षा मन्त्रीको नेतृत्वमा सबै सम्बन्धित मन्त्रालय र एजेन्सीहरूले पीडितहरूलाई तुरुन्तै सहायता उपलब्ध गराउन हरसम्भव प्रयास निर्देशन दिएका छन्।

यसैबीच, युरोप भ्रमणमा रहेका सियोलका मेयर ओह से-हुनले दुर्घटनापछि स्वदेश फर्कने निर्णय गरेको अधिकारीहरूले बताएका छन्।

यस क्षेत्रमा ३४६ विदेशी सहित ८४८ कर्मचारीहरू परिचालन गरिएको थियो।

प्रहरीले चाँडै नै यस क्षेत्रका बार र क्लबहरूले सुरक्षा नियमहरूको पालना गरेको थियो कि भनेर छानबिन सुरु गर्ने योजना बनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दोश्रो नेपाल सुपर कपको सम्पूर्ण तैयारी पूरा – नेपाल फूटबल महासंघ कोरिया
  • नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै
  • चुम्लुङ कोरियाले डिसेम्बर ७ तारिख सौलमा चासोक तङनाम मनाउँदै
  • नेफिन कोरियाको अध्यक्षमा शुभराज भोम्जन, वृहत आदिवासी भेला गर्ने उदघोष
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...