अब एनसीसीको बाटो कता ?
निश्चल काउचा
दक्षिण कोरियाको सबै भन्दा पुरानो संस्था नेपाली संपर्क समितिको आफ्नै ईतिहास छ | कोरियामा नेपाली दुताबास आउन भन्दा अघि एनसीसीको जुन हैसियत र साख थियो | दुताबास आए पछि उसको कार्यभारसंगै साख घट्दै गयो | जब २००७ मा ईपिएस प्रणाली लागु भयो | कोरियामा नेपालीको संख्या ह्वात्तै बदयो | नेपालीको आगमनसंगै नयाँ संघ संस्था खोल्न थालियो | संघ संस्था खोलेर एक जुट हुदै र कसैलाई केही पर्दा सहयोग गर्दै हातेमालो गर्दै अगाडी बदनु पक्कै पनि सह्रानीय कार्य हो |
२००७ पछि खोलिएका केही संघ संस्थाहरु एनसीसी भन्दा पावरफुल हुदै गए | यसै बीचमा एनसीसीले कुनै रचनात्मक कार्य गर्न सकेन | उसले सधै आफुलाई कोरियाका भएका सबै संघ संस्थाको छाता हु भन्दै हुकार मात्र देखायो | समय अनुसार परिमार्जन गर्न सकेन | पछिल्लो समय उसको कार्य भनेको चुसक र सलनालमा कार्यक्रम बाडफाड गर्नु बाहेक अर्को कुनै नौलो कार्य गर्न सकेन | आफुलाई सबैको छाता सम्झे पनि कुनै नविन काम गर्न नसके पछि तिब्र आलोचित हुदै गयो | त्यो स्वाभाविक पनि थियो | कसैले आफुलाई छाता सम्झन्छ भने घामपानी छेक्न सक्नु पर्छ | आफैले आफुलाई छाता सम्झेर मात्र हुदैन | लोकले पनि सम्झनु पर्छ | अन्यथा लोक लाज हुन्छ | एनसीसीले घाम पानी छेक्न नसके पछि | एनआरएनसंग मर्ज भएर जानु पर्छ भन्ने आवाज उठन थाल्यो |
गत २८ तारिखमा गरिएको १५ औ अधिबेशन स्थगित गर्नु पर्छ भदै २१ वटा संस्थाले गरेको मागलाई कुल्चिदै अगाडी बदनु पछाडीको मर्ज हुनु पर्ने प्रेसर त छदै थियो त्यस माथि सबैको आफ्ना – आफ्ना स्वार्थ त छदै थिए | अन्तत २८ तारिखमा अधिबेशन त भयो | उक्त अधिबेशन यति भद्र भयो की नेपालमा संबिधान सभाको चुनावको झल्को दिने गरि भयो | उमेदबारहरुले साम भेद दण्ड सबै अश्र प्रयोग गरे | गैरराजनीतिक संस्थाको रुपमा चिनिन मन पराउने एनसीसी १५ औ अधिबेशनसम्म आई पुग्दा यति धेरै राजनीतिक गन्ध आयो की कोरियामा रहेका ३० हजार नेपालीले नाक खुम्चाउनु पर्यो |
अब नव निर्बाचित कार्य समितिले एनसीसीलाइ कसरी अघि बदाउला त्यो त भबिष्यले नै बताउला तर अगाडीको बाटो त्यति सहज र सजिलो चाहि पक्कै छैन | कुनै नौलो कार्य गर्न नसकेको भन्दै चर्को आलोचना खेपेको अघिल्लो कार्य समितिको धमिलो छबिलाई सङलो बनाउने चुनौती र कार्यभार त छदैछ | त्यस माथि अधिबेशन हुदा टुक्रा-टुक्रा फुटेका संघ संस्थालाई जोडेर हातेमालो गर्दै अगाडी बदनु पनि फलामको चिउरा चपाउनु सरह नै हुनेछ | तर सबै मिलेर जानुको विकल्प छैन एनसीसीले आफुलाई छाता संस्था ठान्छ भने पूर्ण त नयाँ छाता निर्माण गर्नु पर्छ अन्यथा उही पुरानै छातालाई टालटुल गरेर चलाउने प्रयत्न गरियो भने भोलिको बाटो अबसानतिरको नहोला भन्न सकिन्न | तसर्थ आसा गरौ कोरियामा रहेका ३० हजार नेपालीको घामपानी छेक्न सक्ने दरिलो छाता होस् शुभकामना छ |