Advertisement
SKIP THIS

तामाङ समुदायको ‘ह्याङला रिमठिम’ वनभोज जुलाईको २७ र २८ मा हुने


दक्षिण कोरियामा गर्मीको मौसम आइसक्यो । तँपाई यो गर्मीमा के के गर्ने सोचमा हुनुहुन्छ ? समुन्द्र जाने, चिसो पानीमा पौडिने र साथीभाइ भेट्दै रमाइलो गर्ने । यी सबै काम एकै ठाउँमा पनि हुनसक्छ किनभने नेपाल तामाङ संघ दक्षिण कोरिया र तामाङ समाज ख्यङसाङनाम्दोले जुलाईको २७ र २८ मा ह्याङ्ला रिमठिम बृहत वनभोज कार्यक्रमको आयोजना गर्दैछ ।
दक्षिण कोरियाको रमाइलो ठाउँ छुङनाम खुमसान गुन छुवु म्यान सङदान (충남 금산군 추부면 성당)को सथेसान ड्रिम रिसोर्टमा वनभोज कार्यक्रम हुँदैछ । ‘हामीले आयोजना गर्न लागेको यो ठाउँ एकदमै चर्चित कोरियन रिसोर्ट हो । जहाँ हामी तामाङ लगायत दक्षिण कोरियामा रहेका गैर तामाङ साथीभाइलाई रमाइलो गर्नका लागि उचित ठाउँ हुन सक्छ ।’ तामाङ संघका महासचिव गाेकुल थाेकरले भने । ‘सो रिसोर्टमा वाटर पार्क पनि रहेकाले वनभोजमा सहभागी साथीभाइले पौडी खेल्दै रमाइलो गर्न सक्नेछन् । त्यसैले यो पटकको गर्मीमा हामीसँग रमाइलो गर्न अनुरोध गर्दछाै ।’ उनले थपे ।

वनभोजमा कार्यक्रममा तामाङ समुदायको पराम्परागत खाना र सांस्कृतिक प्रदर्शनी हुने तामाङ समाज ख्यङसाङनाम्दोका कार्यवाहक अध्यक्ष सुजित घिसिङ बताए । ‘हामी तामाङहरु सांस्कृतिक रुपमा पनि धनी छौ । विदेशमा पनि गाउँ घरको याद आउने खालको प्रस्तुतिहरु हुनेछन् । हामी रमाइलो गर्दै दाजुभाइ भेटौ । गर्मीलाई कटाउने एउटा मौका हुनेछ, यो वनभोज ।’ उनले भने ।
रिसोर्टमा ७ सय मानिसहरु पौडी खेल्ने वाटर पार्क रहेको छ । धेरै मानिसहरु एकै पटक BBQ गर्ने सक्ने व्यवस्था रहेको छ ।


नजिकै पदयात्राका लागि पहाडहरु पनि रहेका छन् । वनभोजमा सहभागी हुनको लागि महिलालाई ७० हजार वन र पुरुषलाई ८० हजार वन शुल्क लाग्ने आयोजकले बताएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...