Advertisement
SKIP THIS

तमू धीं दक्षिण कोरियाले छुसकमा गर्ने रोधी साँस्कृतिक भाग ४ को व्यानर सार्वजनिक


तमु धीं दक्षिण कोरियाले छुसकको दोस्रो दिन अर्थात सेम्पटेम्बर १३ मा आयोजना गर्ने चौंथो रोधीं सांगीतिक सौगातको व्यानर तथा पोस्टर सार्वजनिक गरेको छ । आइतबार तमुधीले आयोजना गरेको वनभोज कार्यक्रममा व्यानर सार्वजनिक गरिएको हो ।
तमु धीं गर्ने कार्यक्रमको लागि पहिलो चरणको सहमति कलाकारहरूसंग गरिएको तमु धींका अध्यक्ष जीत गुरुङले बताएका छन् । ‘हामीले पहिलो नेपाल आईडल तथा भर्सटायल गायक बुद्ध लामालाई पहिलो पटक कोरिया ल्याउँदैछौ । त्यस्तै अहिलको चर्चित लोकदोहोरी गायक प्रकाश सपुतसँग पनि हाम्रो सहमति भएको छ ।’ उनले भने । ‘अन्य कलाकारमा लोक गायिका बत्ती थापा मगर, आधुनिक गायक तथा कमेडियन उमेश राई (फुलनदेवीकी आमा) कोरिया आउने भएका छन । अन्य कलाकारहरु सँग हामी छलफल गर्दैछौ ।’ उनले थपे ।
तमू धीं दक्षिण कोरियाले सधै झै वनभोज आयोजना गरेको थियो । तमुधीं थेगु शाखा र ख्यङ्साङ्नाम्दो बुसान शाखाको सह आयोजनामा शनिवार र आइतबार भएको वनभोजमा कोरिया २५० भन्दा बढि गुरुङहरुको सहभागिता भएको थियो ।
तमूहरुको विश्वव्यापी नारा शास्त्र हराए संस्कार हराउँछ संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मानिस जाति नै हराउँछ लाई आत्मसाथ गर्दै कोरियामा विभिन्न पेशा तथा व्यवसायको शिलशिलामा बसोबास गरिरहेका तमूहरुलाई एकै स्थानमा जम्काभेट गराई तमूहरुको विभिन्न मौलिक पराम्परामा आधारित साँस्कृतिक प्रस्तुतिहरु सँगै मनोरञ्जनात्मक खेलहरु सहित बनभोज कार्यक्रम(स्योंकैं) भव्यताका साथ सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाको हितको लागि र हरेक कार्यक्रममा सक्रिय भएर सहयोग गर्नुहुने केही व्यक्तित्वहरुलाई दोसल्ला सहित र विभिन्न संस्थामा नवनिर्वा्चित र मनोनित भएका गुरुङ (तमू) व्यक्तित्वहरुलाई खादा लगाई सफल कार्यकालको शुभकामना र बधाई सहित सम्मान गरिएको थियो ।
वनभोजको औपचारिक कार्यक्रमलाई संस्थाका केन्द्रिय अध्यक्ष जित बहादुर गुरुङले सभापतित्व ग्रहण गरेका थिए । त्यसैगरि प्रमुख अतिथिमा नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष युगल टेण्डुप शेर्पा, विशेष अतिथिहरुमा तमू धीं थेगु शाखाका अध्यक्ष हर्क गुरुङ, तमू धीं ख्यङ्साङ्नाम्दो शाखाका अध्यक्ष अनिश गुरुङ, फोनिज कोरियाका अध्यक्ष गोकुल थोकर, नेपाल तामाङ संघका अध्यक्ष मेघप्रसाद वाईबा रहेका थिए । त्यस्तै अतिथिहरुमा सुरज गुरङ, प्रदिप गुरुङ, लिना गुरुङ, बेल गुरुङ, बुद्वि गुरुङ, धर्म गुरुङ, भिम गुरुङ (ताप्लेजुङ), भिम गुरुङ (लमजुङ), अमृत गुरुङ, प्रितम गुरुङ,युवराज गुरुङ,दर्पण गुरुङ,तुलश गुरुङ,सबिन गुरुङ,विपिन गुरुङ,श्रीप्रसाद श्रेष्ठ,मिनराज गुरुङ,मदन गुरुङ ,शंकर गुरुङ,पुर्ण गुरुङ,परी गुरुङ,गोपाल गुरुङ, कर्ण गुरुङ, खोम प्रसाद गुरुङ, शतिश गुरुङ साथै विभागीय संयोजक तथा सह(संयोजकहरु र अग्रज तथा सक्रिय व्यक्तित्वहररु सँगै गुरुङ (तमू) तथा गैर तमूहरुको गौरवमय बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन संस्थाका केन्द्रिय महासचिव लेसन गुरुङले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...